Category Archives: Uncategorized

आळवन्दार (यामुनाचार्य स्वामी)

श्री:  श्री मते रामानुजाय नमः  श्री मद् वर वर मुनये नमः  श्री वानाचल महा मुनये नमः

जय श्रीमन्नारायण ।

आळ्वार एम्पेरुमन्नार जीयर् तिरुवडिगळे शरणं ।

ओराण्वाळि गुरुपरम्परा अन्तर्गत सतौँ आचार्य श्री मणक्काल्नम्बिको संक्षिप्त जानकारी पछि हाम्रो गुरु परम्परामा आघि बढ्दै ओराण्वाळि गुरु परम्परा अन्तर्गत आठौँ आचार्य श्री आळवन्दार अर्थात यामुनाचार्य स्वामीजीको बारेमा जान्ने प्रयास गर्नेछौं |

601A116A-445D-429E-86A5-534F7C72DEA4

आळवन्दार (यामुनाचार्य स्वामी)

तिरुनक्षत्र : दक्षिणात्य आषाढ मासको उत्तरषाढा नक्षत्र

अवतार स्थल : काट्टुमन्नार् कोविल,

आचार्य : मणक्काल नम्बि अर्थात श्रीराममिश्र स्वामीजी

शिष्यगण : पेरिय नम्बि (महापूर्ण स्वामीजी) , पेरिय तिरुमलैनम्बि (श्रीशैलपूर्ण स्वामीजी), तिरुकोष्टियूर् नम्बि (गोष्ठिपूर्ण स्वामीजी) , तिरुमालै आण्डान् (मालाधार स्वामीजी), देववारि आण्डान् , वानमामलै आण्डान्, ईश्वर् आण्डान्, जीयर् आण्डान्, आळवन्दार आळ्वान् , तिरुमोगूर् अप्पन्, तिरुमोगूर् निन्रार्, देवपेरुमाळ्, मारनेरी नम्बि, तिरुकच्चिनम्बि (कांचीपूर्ण स्वामीजी) , तिरुवरंग पेरुमाळ् अरयर्, (मणक्काल नम्बिको शिष्य र आळवन्दारको पुत्र) , तिरुकुरुगूर दासर्, वकुलाभरण सोमयाजियार्, अम्मंगि , आळ्कोण्दि , गोविन्द दासर् (उहाँको अवतार वडमदुरैमा भएको थियो), नाथमुनि दासर् (राजाको पुरोहित), तिरुवरंगतम्मान् (राज महिषी)

ग्रन्थ : चतुश्लोकी , स्तोत्र रत्नम् , सिद्धि त्रयं, आगम प्रामण्यम् र गीतार्थ संग्रहम्

उहांको परमपद तिरुवरंगममा भएको थियो ।

यमुनैतुरैवर् (यामुनाचार्य) को जन्म काट्टु मन्नार कोइल क्षेत्रमा भएको थियो । उहाँ आलवन्दार नामले सुप्रसिद्ध हुनुभयो । उहाँलाई पेरीय मुदलिआर, परमाचार्य, वादिमतेभ सि‌म्हेन्द्र आदि नामले समेत व्यवहार गरिन्छ ।

उहाँको ईश्वरमुनिका पुत्र तथा श्रीनाथमुनीजीका पौत्रका रुपमा यस धरातलमा अवतार भएको थियो । उहाँले आफ्नो सामान्य शास्त्राध्ययन  श्रीमहाभाष्यभट्टरसँग प्राप्त गर्नुभएको थियो । त्यस समयका राजाका पुरोहित श्रीअक्किआल्वानले आफु प्रमुख पुरोहित भएको कारणले  कर असूली गर्नको लागि आफ्ना दुतहरु सबै पण्डितहरुको घरमा पठाउनु हुन्थ्यो । यस कारणले श्रीमहाभाष्यभट्टर चिन्तित भएको देखेर यस विषयलाई समाधान  गर्ने वाचा यामुनाचार्य स्वामीले गर्नुभयो । उहाँले सबै कविहरुलाई पराजित गर्ने अर्थ भएको एक श्लोक रचना गरि उक्त राजपुरोहितलाई सन्देश पठाउनुभयो । उक्त सन्देश सुनेर आक्किआल्वान क्रोधित भई आफ्ना सेनालाई यामुनाचार्यलाई पक्रेर राजाको अदालतमा ल्याउन आदेश दिनुभयो । आफुलाई उचित स्वागत सत्कार गरेमा मात्र राजाको सामना गर्ने भनेपछि राजाले यामुनाचार्यलाई लिनको लागि पाल्कीको व्यवस्था गरे ।

राजाको सामुन्ने बहस सुरु हनु पूर्व नै यामुनाचार्यले नै उक्त बहस जित्ने र यदि नजितेमा आफु राजाकी दासी हुने घोषणा राजमहिषीले गर्नुभयो । आफ्ना पुरोहित आक्किआल्वानको विद्वतामा भएको भरोसाको कारणले राजाले घोषणा गर्नुभयो कि यामुनाचार्यले जितेमा उहाँलाई आफ्नो आधा राज्य दिइनेछ । आक्किआल्वानले बढो आत्मविश्वासका साथ यामुनाचार्यले भनेका सबै वाक्यहरु झुठो ठहर गर्ने प्रतिबद्धता व्यक्त गर्नुहुन्छ । त्यस पछि यामुनाचार्यले निम्न वाक्यहरु भन्नुहुन्छ ।

पहिलो – हजुरको ( आक्किआल्वान ) माताजी बाँझो स्त्री हुनुहुन्न ।

दोस्रो – हाम्रो राजा समर्थ (काबिल/योग्य/सक्षम) हुनुहुन्छ ।

तेश्रो – राजाकी पत्नी (महारानी) पतिव्रता स्त्री हुनुहुन्छ।

यामुनाचार्यका उपरोक्त वाक्यहं सुनेर आक्किआल्वान मन्त्रमुघ्द हुनुभयो किनकी उक्त तीन वाक्यलाई झुठा ठहर गर्न मिल्ने कुरै भएन । तर यामुनाचार्यले उक्त तीन वाक्यलाई सहजै निम्न प्रकारले झुठा ठहर गर्नुभयो ।

पहिलो – शास्त्र अनुसार त्यो आमा बाँझी (निसन्तान) हुन्छिन् जसको एउटा मात्र पुत्र/पुत्री हुन्छ । (हजुरआफ्नो आमाको एकमात्र संतान हुनुहुन्छ अतः हजुरको आमा एक बाँझो (निसन्तान) स्त्री हुनुहुन्छ ) ।

दोस्रो –  हाम्रा राजा काबिल/समर्थ हुनुहुन्न किनकी उहाँ केवल आफ्नो राज्यको शासन गर्नुहुन्छ पुरै साम्राज्यको अधिपति हुनुहुन्न ।

तेस्रो – शास्त्रका अनुसार गरिने विवाहमा कन्यालाई वेदमन्त्रहरुद्वारा पहिला देवताहरुलाई प्रदान गरिन्छ त्यसपछि मात्र उ आफ्नो पतिको हुन्छे । त्यसैले राजाकी पत्नी पनि पतिव्रता हैनन् ।

आक्किआळ्वानले यमुनैतुरैवरको सक्षमता र उहाँको विशिष्टाद्वैत शिद्धान्तको प्रतिष्ठा हुने शास्त्रानुसारको व्याख्या  देखेर उहाँसग पराजय स्विकार गर्नुभइ उहाँको शिष्य समेत बन्नुभयो ।  महारानीले उहाँलाई आळवन्दार नामले सम्बोधित गर्नुभयो। जसको मतलब हो महारानिको रक्षा गर्ने , यदि उहाँ विजय नभएको भए महारानी दासी हुनुपर्ने थियो ) । महारानी उहाँको शिष्या समेत बन्नुभयो । राजाले महारानीलाई दिएको वचन अनुसार यामुनाचार्यजीलाई आफ्नो आधा राज्य दिनुभयो | तत्पश्चात उहाँ श्रीआलवन्दार आफुले पाएको राज्यको प्रशासनिक कार्यमा व्यस्त रहन थाल्नु भयो ।

मणक्काल् नम्बी अर्थात श्रीराममिश्र स्वामीजीले यामुनाचार्यजीलाई पुनः श्रीसम्प्रदायमा  प्रवेश गराउनुहुन्छ र उहाँलाई आफ्नो संप्रदायको दर्शन प्रवर्तक बनाउनको लागि श्रीरंगम लिएर आउनु हुन्छ |श्रीरंगम पुगे पश्चात उहाँले सन्यास दीक्षा ग्रहण गर्नुभयो र संप्रदायको प्रचारमा लाग्नु भयो । यस क्रममा यामुनाचार्यजीले अनेक श्रीवैष्णव शिष्य बनाउनुभयो |

मणक्काल् नम्बी यामुनाचार्यजीलाई भन्नुहुन्छ “तिमीले तिम्रो हजुरबुवाले दिनुभएको अष्टाङ्ग योगको रहस्य कुरुगै कावलप्पण् स्वामीसँग सिख्नु पर्नेछ “। जब यामुनाचार्यजी, कुरुगै कावलप्पण् स्वामीसँग मिल्नुहुन्छ तब कुरुगै कावलप्पण् स्वामीको योगमा भगवद् अनुभव हुन्थ्यो र उहाँलाई पनि यामुनाचार्यजीको आगमनको आभास हुन्थ्यो । कुरुगै कावलप्पण्ले यामुनाचार्यजीलाई भन्नुभयो कि उहाँलाई आभास भयो कि भगवान उहाँको काँध माथि बसेर  श्रीनाथमुनिको वंशज लाई हेर्दैहुनुहुन्छ । किनभने नाथमुनिको वंश भगवानलाई अत्यंत प्रिय छ । उहाँले यमुनाचार्य स्वामीजीलाई अष्टान्ग योग रहस्य सिक्नको लागि आफ्नो परमपद प्रस्थानको केही समय अगाडिको समय तोक्नुहुन्छ । तर यमुनाचार्यजी त्यस समय बिर्सेंर तिरुअनन्तपुरमको यात्रामा हुनुहुन्थ्यो ।

जब यमुनाचार्यजी तिरुअनन्तपुर दर्शनको यात्रामा जानुभयो तब उहाँको एक शिष्य देववारी आण्डान् , आचार्यको वियोग सहन गर्न नसकी उहाँ तिरुअनन्तपुर तिर प्रस्थान गर्नुभयो र त्यस समय आळवन्दार् तिरुअनन्तपुरदेखि श्री रंगमको लागि प्रस्थान गरिरहनु भएको थियो । उहाँहरु दुबैको भेट तिरुअनन्तपुरको मुख्य द्वारमा भयो । दैवावारी आण्डान् आफ्नो आचार्य देखि धेरै खुशी हुनुभयो र उहाँ सँगै श्री रंगम फर्कने फैसला गर्नुभयो। आळवन्दार् उहाँलाई अनंतशयन एम्पेरुमानको दर्शन गरेर आउन आज्ञा गर्नु हुन्छ तर देववारी आण्डान् भन्नुहुन्छ ” मेरो लागि एम्पेरुमान् भन्दा अधिक आळवन्दार् हुनुहुन्छ ” । उहाँमा यस्तो विशेष आचार्य निष्ठ हुनुहुन्थ्यो ।

श्री रंगम आए पछि उहाँलाई श्री वैष्णव संप्रदायको आगामी उत्तराधिकारीको नियुक्त गर्ने चिन्ता पर्छ । यहि समयमा यामुनाचार्यजीलाई श्री रामानुज स्वामीको बारेमा जानकारी मिल्छ जो कान्चिपूरमा यादव प्रकाशजीसँग शिक्षा ग्रहण गरिरहनु भएको थियो । कान्चिपूरम् पुगेर देवपेरुमाल कोविल मन्दिरमा करीयमाणिक्क पेरूमाळ् सन्निधिको सामने आफ्नो दिव्य अनुग्रह श्रीरामानुज माथि बर्षाउनु हुन्छ , जो त्यस समय सन्निधिको अगाडिबाट गईरहनु भएको थीयो । आळवन्दार् देवपेरूमाळ् सन्निधि पुग्नु हुन्छ र एम्पेरुमानसँग प्रार्थना गर्नु हुन्छ कि रामानुजलाई शरणागति प्रदान गरियोस तथा श्रीरामानुजलाई नै संप्रदायको आउनेवाला उत्तराधिकारी नियुक्त गरियोस । यस प्रकार आळवन्दारले रामानुज दर्शनको बिरुवा रोप्नु भयो जो पछि एक महावृक्षको रूपमा परिवर्तित हुनुभयो । उहाँ काञ्चीपूर्ण स्वामीसँग श्रीरामानुजलाई आध्यात्मिक प्रगतिमा सहायता गरियोस भनी विन्ती गर्नु हुन्छ ।

समयको अंतरालमा आळवन्दार बिरामी हुनुभयो र आफ्नो चरम अवस्थाको समयमा सबै शिष्यहरुलाई  केहि उपदेश दिनुभयो , जस मध्य केहि यस प्रकार छ ।

१. श्रीवैष्णवहरुको लागि दिव्यदेश (दिव्यस्थल) नै प्राण हो । यस दृढ़ विश्वासको साथ सदैव यि दिव्य क्षेत्रहरुमा भगवद्-भागवत कैंकर्य गरी रहने ।

२. श्रीवैष्णवहरुको लागि तिरुप्पाणाळ्वारले (योगीवहान) बताय अनुसार , भगवान तिरुवरंग सदैव पूजनीय हुनुहुन्छ र उहाँको पूजा/सेवा, उहाँको तिरुवडी (चरणारविन्द) बाट शुरू गरी तिरुमुडि (शीर ) सम्म दर्शन गर्न पर्छ किनकी तिरुप्पाणाळ्वार भगवानको चरणकमलमा सदैव रहनुहुन्छ (जसले भगवानको श्री चरणकमलको आश्रय लिनुभयको छ ) । श्री आळवन्दार भन्नुहुन्छ उहाँको विचारमा तिरुप्पाणाळ्वार (जसले पेरियपेरुमाळको गुणगान गर्नुभयो।) , कुरुम्बरुतनम्बि (जसले मिट्टिको फूल पेरियपेरुमाळ को समर्पित गर्नुभयो) , तिरुकच्चिनम्बि (जसले भगवान देवपेरुमाळको पंखा हल्लाउने सेवा गर्नुभयो ) सदैव समान हुनुहुन्छ र उहाँहरुको तुलना कदाचित गर्न सकिदैन किनभने एक सबै भगवद्कैंकर्यमा उत्कृष्ट हुनुहुन्थ्यो ।

३. श्री आळवन्दार भन्नुहुन्छ एक प्रपन्नको कदाचित आफ्नो आत्मयात्रा अथवा देहयात्राको चिंतन गर्नु हुँदैन कुनभने आत्मा भगवानको आधीन छ अतः भगवान आफैं त्यसको देखभाल गर्नुहुन्छ र देह जुन पूर्वकर्मानुसार प्राप्त छ त्यो (देह) हाम्रो पाप / पुण्यको अनुसार चल्छ । अतः हामीले कसैको बारेमा चिंतित हुनु आवश्यकता छैन ।

४. भागवतहरुमा कदाचित तुलना गर्नु हुँदैन किनकी हर एक श्रीवैष्णव भगवान तुल्य हुनुहुन्छ |

५. जसरी हामीले एम्पेरुमानको श्री चरणकमलको अमृत (चरणामृत) स्वीकार गर्छौ त्यसरी गौरव र प्रेमले आचार्यको श्री पाद तीर्थ लिनु पर्छ ।

६. जब हामी (आचार्य) श्री पाद तीर्थ अरुलाई दिँदौ छौं तब हामीले गुरुपरम्परा अथवा वाक्य गुरुपरम्परा / द्व्य महा मंत्रको अनुसंधान गर्दै दिनु पर्छ ।

अन्तमा उहाँले सबै शिष्योहरुलाई अगाडि उपस्थित हुन भन्नुहुन्छ । उनुहरुसँग क्षमा प्रार्थना माग्नुहुन्छ , उनिहरुको श्री पाद तीर्थ ग्रहण गर्नुहुन्छ , उनुहरुलाई तादियाराधन गराउनुहुन्छ र चरम तिरुमेनी (शरीर) छोड़कर परमपद को प्रस्थान गर्नुहुन्छ ।

सबै शिष्यगण दुःखको सागरमा डुब्नुहुन्छ र उहाँको अंतिम यात्रा उत्सव मनाउन तैयारी आरम्भ गर्नुहुन्छ । जब एक श्री वैष्णव आफ्नो भौतिक काया को छोडेर परमपद जानुहुन्छ , तब उहाँको परमपदमा अत्यंत गौरव र सम्मानको साथ स्वागत गरिन्छ , यसलाई ध्यानमा राख्दै यो कार्य अत्यंत समारोह पूर्वक मनाइन्छ । सबै चरम कैकर्य जस्तै तिरुमंजनम्, श्री चूर्ण धारणा ,अलंकरण ,ब्रह्म रथ विस्तार आळवन्दार् चरित्रमा र अन्य आचार्याको चरित्रमा पनि  प्रष्तुत गरियको छ।

आफ्नो अंतिम समयको पहिला , आलवन्दार स्वामी आफ्नो प्रिय शिष्य पेरिया नम्बि ( महापूर्ण स्वामीजी) को इळयाळ्वार (रामानुज स्वामीजी)लाई लियर आउन कांचीपुरम पठाउनु हुन्छ । इळयाळ्वार् देवपेरुमाळको तिरुवाराधानको लागि जल कैंकर्यको लागि सालै किनर (कुवा) पुग्नुहुन्छ । उहाँलाई देखेर पेरिय नम्बी आळवन्दार् स्वामी द्वारा रचित स्तोत्र रत्नको पठन ठुलो स्वरले इळयाळ्वारलाई सुनाई दीनेगरी भन्नुहुन्छ । इळयाळ्वार ( रामानुज स्वामी ) श्लोक सुनेर , श्लोकको अर्थ पुरै ग्रहण गरेर महापूर्ण स्वामीजीलाई त्यस श्लोकको लेखकको बारेमा सोध्नु हुन्छ । तब पेरिय नम्बि उहाँलाई आळवन्दारको विशिष्टता/उत्कर्षता भनेर उहाँलाई श्री रंगम आमंत्रित गर्नुहुन्छ । उहाँको आमंत्रण स्वीकार गरी इळयाळ्वार् देवापेरुमाळ् र तिरुकच्चिनम्बीको अनुमति लेयर श्री रंगम पुग्नु हुन्छ । श्री रंगम पुग्नु अघि बाटोमा आळवन्दार् स्वामीको तिरुमेनि अंतिम यात्रा देखेर पेरिय नम्बि दुखित भइ भुइंमा लडि रुनुहुन्छ र इळयाळ्वार् पनि यो सबै देखी दुखी हुनुहुन्छ । त्यहाँ उपस्थित मानिषहरुसँग घटित घटनाको जानकारी प्राप्त गर्नुहुन्छ ।

समाधी स्थलमा ,आळवन्दार् स्वामीको अंतिम कैंकर्यको आरम्भ हुँदै थीयो , तब सबैले उहाँको एक हाथको ३ औँला मुठी परेको (बंद) देखी अचंमित हुनुभयो । इळयाळ्वार् पनि यो देखी उपस्थित शिष्य र वैष्णव समूहसँग चर्चा गरी यसको कारण जान्ने प्रयास गर्नुहुन्छ , सबैको विचार सुनी आलवन्दार स्वामीको ३ इच्छाहरु अधुरो रह्यो जुन यस प्रकार छन् ।

१. व्यास र पराशर ॠशिहरु के प्रति सम्मान व्यक्त गर्नु ।
२. नम्माल्वारको प्रति आफ्नो प्रेम बढाउनु ।
३. विशिष्टा द्वैत सिद्धान्त अनुसार व्यासको ब्रह्म सूत्र माथि श्रीभाष्य को रचना गरी (विश्लेष से विचार/चर्चा करना ) लेख्नु ।

जब इळयाळ्वार् आलवन्दार स्वामीको यी ३ इच्छाहरु पूर्ण गर्न प्रण लिनुहुन्छ तब आळवन्दार् स्वामीको तीन औँलाहरु सिधा भयो । यो देखेर त्यहाँ एकत्रित सबै वैष्णव र आलवन्दार स्वामीको शिष्य अचंभित हो खुश हो जाते हैं और इळयाळ्वार् की प्रशंसा करते हैं। आळवन्दार् स्वामीको परिपूर्ण दया, कृपा कटाक्ष र शक्ति उहाँ माथि प्रवाहित भइरहन्छ । उहाँलाई श्री वैष्णव संप्रदाय दर्शनको उत्तराधिकारी प्रवर्तक/ निरवाहक चुनिनुभयको मानिन्छ । इळयाळ्वारलाई आळवन्दार् स्वामीको दर्शनको सौभाग्य प्राप्त नहुनाले धेरै दुखित मनले सबै कैंकर्य पूर्ण गरी पेरिय पेरुमाळको दर्शन नगरी कान्चिपूर् फर्कनु हुन्छ । आळवन्दार् स्वामी द्वारा रचित ग्रन्थ उहाँलाई उभय वेदान्तको महा ज्ञानी हुनुको आभास गराउँछ ।

१. चतुश्लोकिमा केवल ४ श्लोकहरु पेरिया पिराट्टि वैभवको मूल तत्व सम्झाउनु हुन्छ ।
२. वास्तवमा स्तोत्ररत्न एक अनमोल रत्न हो र यही रत्नमा श्री आळवन्दार शरणागतिको अवधारणा पूर्ण रूपले सरल श्लोकहरुमा प्रस्तुत गर्नु हुन्छ |
३. गीतार्थसंग्रहमा श्री आळवन्दार श्री भगवद्गीताको सारांश सम्झाउनु हुन्छ |
४. आगम प्रमान्यम पहिलो ग्रन्थ हो जसले श्री पाँच रात्र आगमंको महत्व र वैधता माथि प्रकाश परेको छ ।

आळवन्दारको तनियन्

यत् पदाम्भोरुहध्यान विध्वस्ताशेश कल्मषः
वस्तुतामुपयातोऽहम् यामुनेयम् नमामितम्

यस पश्चात पेरियनम्बिको वैभवको चर्चा गर्नेछौं ।

अडियन् प्रमोद रामानुज दासन्
अडियन् राघव रामानुज दासन्

श्रोत – https://guruparamparai.wordpress.com/2012/09/01/alavandhar/

archived in https://guruparamparainepali.wordpress.com/

प्रमेय (लक्ष्य) – http://koyil.org
प्रमाण (शास्त्र) – http://granthams.koyil.org
प्रमाता (आचार्य) –  http://acharyas.koyil.org
श्रीवैष्णव बालबालिकाहरुको लागि – http://pillai.koyil.org

उय्यक्कोण्डार् (पुन्डरीकाक्ष स्वामिजी )

श्री:  श्री मते रामानुजाय नमः  श्री मद् वर वर मुनये नमः  श्री वानाचल महा मुनये नमः

श्री नाथमुनि स्वामीजी पछी सम्प्रदाय औराणवाली परम्परामा उय्यक्कोण्डार् (पुन्डरीकाक्ष) स्वामीजी आउनुहुन्छ ।

image

उय्यक्कोण्डार् – आल्वार् तिरुनगरी

तिरुनक्ष्त्र : चैत्र मास कृतिका नक्षत्र

अवताऱ् स्थल: तिरुवेळ्ळरै

आचार्य : श्रीमन् नाथमुनि

शिष्यगण : मणक्काल् नम्बि , तिरुवल्लिकेणि पाण् पेरूमाळ् अरैयर् , सेट्टलूर् सेन्डलन्गार् दासर् , श्री पुण्डरिक दासर् , गोमठम् तिरुविण्णकरप्पन् , पेरूमाळ् नन्गै

उय्यकोंडार स्वामीजी , पुण्डरिकाक्ष स्वमिजीको जन्म तिरुवेळ्रळरै (श्वेत गिरि) मा भयको थीयो । उहांको माता पिताले नामकरण तिरुवेळ्रळरै एम्पेरुमानको नाम राखिदिनु भयको थीयो । उहाँलाई पद्माक्षर स्वामीको नामले पनि पारिचितहूनुहुन्छ । तर धेरै उय्यक्कोण्डार नाम प्रसिद्ध छ ।

नाथमुनि स्वामीजीको शिष्यहरुमा , कुरुगै कावलप्पणको साथ उहाँलाई पनि प्रमुख मानिन्छ । नाथमुनि जी नम्माल्वार आळ्वारको अनुग्रहले दिव्य ज्ञान प्राप्त गरे पछी काट्टूमन्नार् कोविल् फर्कनु भयो र आफ्नो साम्प्रदायको प्रचार गर्न थाल्नुभयो । आफ्नो शिष्य कुरुगै कावलप्पणको अष्टांग योग ( कुनै पनि शारीरिक क्रियाकलाप बिना निरंतर् भगवद अनुभवमा रहने अभ्यास)को उपदेश गर्नु हुन्थ्यो । जब नाथमुनि उय्यक्कोण्डारसँग अष्टांग योग सिक्ने उहांको रूचिको बारेमा सोध्नुहुन्छ तब उहाँ जवाब दिनु हुन्छ की “पिण्णम् किडक्क मण्णाम् पुण्णरळामो ” माने जहाँ संसारी अज्ञानको कारण भौतिक जगतमा दुखि छन् त्यहाँ कसरी आनंदले भगवद् गुणानुअनुभव गर्न सकिन्छ । यो सुनेर नाथमुनि धेरै नै खुश हुनुभयो उहांको उदारताको प्रशंसा गर्नुभयो । नाथमुनि स्वमिजीले उहाँ र कुरुगै कावलप्पणलाई ईश्वर मुनिको पुत्र (आफ्नो नाति ) जो अति अल्प कालमा प्रकट हुने वाला छन् उहाँलाई अरुळिचेयळ् (दिव्यप्रबंध) र अष्टांग योग सिकयर निपुण बनाउने आदेश दिनु भयको थीयो ।

नाथमुनि पछी ,उय्यक्कोण्डार् दर्शन शास्त्रको प्रवार्ताकार बन्नुभयो (श्रीवैष्णवसांप्रदायको प्रचार प्रसारको उत्तरदायित्व स्वयं सम्हालेर सत्सांप्रदाय़को रक्षा गर्नुभयो) र आफ्नो शिष्यबृंदलाई यस दिव्य ज्ञानको भन्डार परमपद को प्रस्थानको पहिले नै श्री उय्यक्कोण्डार स्वामीजीले मनक्कालनम्बि ( राममिश्र स्वामीजी )लाई उपदेश दिनुभयो , उहाँले नाथमुनि स्वामीजीले दिनुभयको वचन अनुसार
यामुनाचार्य स्वामीजीलाई पूर्ण शिक्षा प्रदान गर्ने जिम्मा लिनुभयो र पछी गयर उक्त बचन निभाउनु भयो ।

उय्यक्कोण्डार् स्वामीजीको तनियन्

नमः पंकज नेत्राय नाथः श्री पाद पंकजे ।
न्यस्तसर्वभराय अस्मद्कुल नाथाय धीमते ॥

परम्पराको अघिको आचार्य श्री स्वामी मणक्काल् नम्बिको बारेमा संक्षिप्त विवरण अगाडिको लेखमा प्रेषित हुनेछ ।

अडियेंन प्रमोद रामानुज दास्
अडियेंन राघव रामानुज दास्

श्रोत – https://guruparamparai.wordpress.com/2012/08/24/uyyakkondar/

archived in https://guruparamparainepali.wordpress.com/

प्रमेय (लक्ष्य) – http://koyil.org
प्रमाण (शास्त्र) – http://granthams.koyil.org
प्रमाता (आचार्य) –  http://acharyas.koyil.org
श्रीवैष्णव बालबालिकाहरुको लागि – http://pillai.koyil.org

श्रीमन्नाथ मुनि

श्री:  श्री मते रामानुजाय नमः  श्री मद् वर वर मुनये नमः  श्री वानाचल महा मुनये नमः

श्री नम्माल्वार् आळ्वार पछी ओराण्वाळि आचार्य परम्परामा श्रीनाथमुनि आउनुहुन्छ ।

तिरुनक्षत्र : आषाढ मास, अनुराधा नक्षत्र

अवतार स्थल : काट्टूमन्नार् कोविल् ( वीर नारायण पुरम )

आचार्य : नम्माल्वार्

image.jpeg

शिष्यगण : उय्यकोण्डार् , कुरुगै कावलप्पन् , पिळ्ळै करुणाकर दासर् ,नम्बि करुणाकर दासर्, ऎरु तिरुवुडैयार् , तिरुकण्णमंगै आण्डान् , वानामामलै दैव नायक आण्डान् , उरुप्पत्तूर अचानपिळ्ळै , शोगतूराल्वान् , कीळैयगताळ्वान्, मेलैयागताळ्वान्

ग्रन्थ : न्यायतत्वं , योग रहस्यम , पुरुष निर्णयम

श्रीमन् नाथमुनि वीरनारायणपुरंमा ईश्वरभट्टाळ्वार्कोमा घर जन्म लिनुभयो । श्रीमन् नाथमुनिको श्रीरन्गनाथमुनि र नाथब्रह्म नामहरूले पनि जान्न सकिन्छ, दुबै नामोमा नाथ हुनुको कारण शायद छोटो नामले नाथमुनि नामले ज्यादा गौरवान्वित हुनुभयो |

श्रीमन् नाथमुनि अष्टांग योग र संगीतको विद्वान हुनुहुन्थ्यो । उहाँले श्रीरंगममा भगवान अरंगनाथार (रंगनाथजी)को अरयर सेवा ( अरयर सेवा भान्नले , दिव्य प्रबंधको संगीतमय तालमा नृत्यको साथ प्रस्तुत गर्नु ) शुरुआत गर्नु भायको थीयो , जो आज पनि तिरुवरन्गम, आल्वार् तिरुनगरि , र श्री विल्लिपुत्तूर्मा उत्सव र अन्य मन्दिरमा आजपनि आयोजित होती हुँछ ।

नाथमुनि उत्तर भारतको दिव्य देशहरुको यात्राko लागि आफ्नो पिता, पुत्र र अन्य कुटुम्ब सदस्यहरु को साथ मथुरा, वृन्दावन्, गोवर्धन धाम, द्वारका, बद्रीनाथ, नैमिषारण्य इत्यादी को लागि वीरनारायणपुराम प्रस्थान हुनुभयो । यमुना नदी तटमा रहेको गोवर्धनपुर् गाँउले नाथमुनिको धेरै नै प्रभावित गर्‍यो , त्यहाँ एक गुफामा बसेर भगवानको यमुनैत्तुरैवर्को रुपमा सेवा गर्दै हुनुहुन्थ्यो । एक दिन सपनमा भगवान उहाँलाई काट्टूमन्नार् मन्दिर (वर्तमान मानरगुड़ी भगवान राजगोपाल स्वामीको अभिमान देश)मा फर्कने आदेश दिनुहुन्छ। यो सन्देश प्राप्त गरेर उहाँ काट्टूमन्नार् मन्दिर तिर प्रस्थान गर्नुभयो । फिर्ती सावरिमा वारणसि, पूरी, सिंहाचल, घटिकाचल्, कांचीपुरम (आस पास के दिव्य स्थल), तिरुवाहिन्द्रापुरम, तिरुकोवलूर्, तिरुवरन्गम् र तिरुकुडन्दै दिव्यदेशमा मंगलाशासन गर्दै काट्टूमन्नार् मन्दिर पुग्नु भयो ।

काट्टूमन्नार् मन्दिरमा , एक दिन मेल्नाडुबाट , श्रीवैष्णवहरुको समूह काट्टूमन्नार् मन्दिर पुग्नु हुन्छ , भगवानको दर्शनको समयमा नम्माळ्वार आळ्वार द्वारा रचित तिरुवोईमोजहिको १० या ११ पाशुर जो “अरुवामुदन”/ “अर्वामुतन” यो एक द्रविड़ शब्द हो , जसको अर्थ हो “रूचिको साथ” / “तन्मयताको साथ” भगवानको अगाडि सुनाउनु हुन्थ्यो । नाथमुनि सोही वैष्णवहरुको मुखबाट पाशुरहरु सुने पछी, वैष्णवहरुलाई फेरी सुनाउनु भन्नुहुन्थ्यो । तर वैष्णवहरुले आफुलाई त्यती मात्र आउने भन्नु भयो । त्यस पछी नाथमुनि ति पाशुरहरु कहाँबाट प्राप्त गर्न सकिन्छ भनेर लाग्नुभयो , श्रीवैष्णव विचार व्यक्त गर्नु हुन्छ कि उनिहरुलाई केवल ११ पाशुरहरुको जानकारी छ र आल्वार् तिरुनगरिमा बाँकी पाशुरको जानकारी प्राप्त हुन सक्छ भनेर संकेत गर्नु भयो ।

उनिहरुको विचारमा सहमत भयी नाथमुनि आल्वार् तिरुनगरी पुग्नु हुन्छ । त्यहाँ उहांको भेट मधुरकवि आल्वार्रको शिष्य परांकुश दासर्सँग हुन्छ। परांकुश दासर् उन्हालाई मधुरकवि आल्वार् द्वारा नम्माळ्वार आळ्वारको रचना “कण्णिनुण् सिरुताम्बू ” को ११ पाशुरको तिरुपुलियामाराम ( इमलीको त्यो रुख जसको टोड्कोमा नम्माळ्वार आळ्वार ध्यान मग्न हुनुहुन्थ्यो) को अगाडि १२००० पटक बिना कुनै अवरोध जप गर्नाले सबै प्राप्त हुने बताउनु भयो । परांकुश दासर्ले भने अनुसार नाथमुनि स्वामीजी (जो अष्टांग योगको अधिकारी हुनुहुन्थ्यो) जप आरम्भ गर्नुभयो । नाथमुनिको यस जपले प्रसन्न भयर नम्माळ्वार आळ्वार उहांको सामने प्रकट हुनुभयो | उहाँलाई अष्टांग योगको परिपूर्ण ज्ञान र आळ्वारहरु द्वारा रचित ४००० दिव्य प्रबंध पाशुर (अरूलिचेयल्) अर्थ सहित प्रदान गर्नुभयो | जसरी भगवानले नम्माळ्वार आळ्वार माथि विशेष अनुग्रह गर्नुभयको थीयो, यसरी नै नम्माळ्वार आळ्वारले नाथमुनि स्वामीजी माथि विशेष अनुग्रह गरी द्रविड़ वेद प्रदान गर्नुभयो | नम्माळ्वार आळ्वारको यस विशेष कृपाको मणवालमामुनि आफ्नो उपदेश रत्नमालामा “अरुल पेट्रा नाथमुनि ” (अनुग्रह पात्र नाथमुनि) भनेर बर्णन गर्नुहुन्छ |

नाथमुनि काटटुमन्नार् कोविल पुगी , मन्नार्लाई ४००० पाशुरहरु सुनाउनु भयो | प्रसन्न भयर मन्नार् ४००० पाशुरहरुको बिभाजित गरी प्रचार – प्रसार गर्न आदेश दिनुहुन्छ | मन्नार्को आदेश अनुसार ४००० पाशुरहरुको नाथमुनि स्वामीजी , लय , सुर र तालहरुको सम्मिश्रण गरी ४ भाग लगाइ आफ्नो दुई भान्जो कीळैयगताळ्वान् र मेलैयागताळ्वानमाथि अनुग्रह गरी दिव्यप्रबन्धको ज्ञान दीयर उहाँहरु द्वारा दिव्य प्रबंधको प्रचार – प्रसार गराउनु भयो |

नाथमुनि दिव्यसंगीतको पनि महान् विद्वान हुनुहुन्थ्यो | एक समय, त्यस गाउँको राजा एक साधारण र विशेष (दिव्य) गायकको बीच केही अंतर थाहा पाउन सकिरहेका थीयनन् | नाथमुनिले अति सरलतासँग अंतर थाहा पाइ त्यस समस्याको समाधान गर्दिनुभयो | राजाले यो देखेर नाथमुनि स्वामीजीको संगीतको प्रवीणताको परीक्षा लिने प्रसङ्गमा नाथमुनि स्वामीजी जवाब दिनुहुन्छ , त्यो ४००० स्लोकले सम्मिलित ध्वनि सुनेर , एक एक श्लोकको ध्वनि र उसके वजनको अनुमान गर्नसकिन्छ | यो सुनेर राजाको नाथमुनि स्वामीजीको संगीतमा प्रवीणता थाहा पाइ नाथमुनि स्वामीजीलाई धेरै धन देयर गौरवान्वित गराउनुभयो | तर भौतिक सुखको तुच्छ सम्झिने नाथमुनि स्वामीजी , त्यस धन संपत्त्तिको लागि कुनै प्रतिक्रिया व्यक्त गर्नु हुँदैन ।

आफ्नो दिव्य ज्ञान , आफ्नो अष्टांगयोगको साधनाले भविष्यमा आफ्नो पुत्र हुनेमा निस्चिन्त हुनुहुन्छ । पछी गयर आफ्नो पुत्र ईश्वर मुनिसँग भन्नुहुन्छ, उनको पुत्र को यमुनै तुरैवर् (कृष्ण प्रेमको कारण – जो यमुना नदिसँग सम्बंधित छ ) उहाँमाथि नामकरण गर्ने आदेश दिनुहुन्छ । र आफ्नो शिष्य बृंदसँग यमुनै तुरैवर् (आल्वन्दार)लाई सबै शास्त्रहरुको ज्ञान प्रदान गरी शास्त्र ज्ञानमा निपुण बनाउने बचन माग्नु हुन्छ ।

आफ्नो अन्तिम समय निकट जानेर नाथमुनि स्वामीजी आस पासको परिस्थितिहरुसँग विस्मरित भयी भगवानको ध्यानमा निमग्न रहनु हुन्थ्यो । एक दिन उहाँलाई भेट्न राजा र रानी आउनुहुन्छ । ध्यानमग्न स्वामीजीलाई देखेर , राजा और रानी फर्कनु हुन्छ । प्रभु प्रेम , लगन र भक्तिमा मग्न, नाथमुनि स्वामीजीलाई भगवान श्री कृष्ण गोपिहरुको साथ अाइ उहांको ध्यानमग्न अवस्था देखेर फर्कनु भयको भावना गर्नु हुन्छ । पछी यस्तो भावनाले राजा रानी दुखित हुनुभयो भनी पछी पछी दौडनु हुन्छ ।

पछील्लो पटक राजा, रानी, एक शिकारी शिकारबाट फर्कदैं गर्दा एक बाँदर उहाँहरुलाई भेट्छ र सँगै नाथमुनिगल कहाँ जान्छन । यस पटक पनि नाथमुनि स्वामीजीको ध्यान मग्न देखी , राजा फेरी फर्कनु हुन्छ । नाथमुनि जीको यस पटक यस्तो लाग्छ की श्री राम चन्द्र, माता सीता, लक्ष्मण जी र हनुमान जी उहाँलाई दर्शन दिन आउनुभयो, तर उहाँलाई ध्यान मग्न देखी फर्कनु भयो र यो आभासले नाथमुनि उनिहरुको दर्शन पाउन पछी दौडनु भयो । त्यो आभस आँखाबाट ओझेल भगवानसँग वियोग सहन गर्न नसकेर नाथमुनि मूर्छित हुनुभयो र प्राण नै छोडि परमपद प्राप्त गर्नुभयो । यो समाचार सुनेर तुरन्त ईश्वर मुनि , शिष्य बृंदको साथ वहाँ पुग्नुभयो र उहांको अन्तिम चरम कैंकर्य गराउनुभयो ।

नाथमुनि स्वामीजीको प्रयासले प्राप्त यो दिव्य प्रबंधको कारण नै आज श्री वैष्णव साम्प्रदायको ऐश्वर्य हामीलाई प्राप्त गर्न उहाँ बिना दुर्लभ थीयो । आल्वन्दार स्वामीजी , नाथमुनि स्वामीजीको पुत्र आफ्नो स्तोत्र रत्नमा नाथमुनिको प्रशंसा शुरुआतको तीन श्लोकहरुमा गर्नुहुन्छ ।

पहिलो श्लोकमा भन्नुहुन्छ ” म उन नाथमुनि को प्राणाम गर्छु जो अतुलनीय हुनुहुन्छ , विलक्षण हुनुहुन्छ र एम्पेरुमानार्को अनुग्रहले अपरिमित ज्ञान भक्ति र वैराग्यको पात्र हुनुहुन्छ ।

दोस्रो श्लोकमा भन्नुहुन्छ ” म उन नाथमुनि जीको चरण कमलहरुको , यस भौतिक जगत र अलौकिक जगतमा आश्रय लिन्छु जसले मधु राक्षसको मार्ने वाला (भगवान श्री कृष्ण)को श्री पाद कमलहरु प्रती परिपूर्ण आस्था , भक्ति र शरणागति ज्ञान छ ” ।

तेस्रो श्लोकमा भन्नुहुन्छ ” म उन नाथमुनिजीको सेवा गर्छु जसले अच्युतको लागि असीमित प्रेम हो निजज्ञानको प्रतीक हो , जो अमृत के सागर हो , जो बद्ध जीवात्महरुको उज्जीवनको लागि प्रकट हुनुभयो, जो भक्तिमा निमग्न रहनुहुन्छ र जो योगिहरुका राजा हुनुहुन्छ ।

उहांको अन्तिम र चौथो श्लोकमा भगवानसँग बिन्ती गर्नुहुन्छ , उनको उपलब्धिहरु नदेखेर उनको हजुरबाको उपलब्धिहरु र शरणागति देखेर मलाई आफ्नो तिरुवडीको दास स्वीकार गरी बक्सयोस ।

यो चार श्लोकहरुमा हामीले नाथमुनि जीको महान वैभवको जानकारी हुन्छ ।

हामीले उहांको वैभवता जानेर , उहांको श्री चरण कमलोमा प्रार्थना गरौँकी हामीलाई पनि उहाँ जस्तै अच्युत र अल्वार आचार्यहरुको श्रीचरणमा अटूट् विश्वास र प्रेम प्राप्त हवोस् |

नाथमुनि स्वामिजीको तनियन

नमःचिन्त्यादभुताक्लिष्ट ज्ञान वैराग्य राशये ।
नाथायमुनयेगाध भगवद्भक्ति सिन्धवे ॥

अडियेंन राघव रामानुज दास

श्रोत – https://guruparamparai.wordpress.com/2012/08/22/nathamunigal/

archived in https://guruparamparainepali.wordpress.com/

प्रमेय (लक्ष्य) – http://koyil.org
प्रमाण (शास्त्र) – http://granthams.koyil.org
प्रमाता (आचार्य) –  http://acharyas.koyil.org
श्रीवैष्णव बालबालिकाहरुको लागि – http://pillai.koyil.org