Author Archives: Raghav Ramanuja Dasan

श्रीमन्नाथ मुनि

श्रीमते रामानुजाय नम:

श्रीमद वर वर मुनये नम:

श्री वानचल महा मुनये नम:

श्री नम्माल्वार् आळ्वार पछी ओराण्वाळि आचार्य परम्परामा श्रीनाथमुनि आउनुहुन्छ ।

तिरुनक्षत्र : आषाढ मास, अनुराधा नक्षत्र

अवतार स्थल : काट्टूमन्नार् कोविल् ( वीर नारायण पुरम )

आचार्य : नम्माल्वार्

image.jpeg

शिष्यगण : उय्यकोण्डार् , कुरुगै कावलप्पन् , पिळ्ळै करुणाकर दासर् ,नम्बि करुणाकर दासर्, ऎरु तिरुवुडैयार् , तिरुकण्णमंगै आण्डान् , वानामामलै दैव नायक आण्डान् , उरुप्पत्तूर अचानपिळ्ळै , शोगतूराल्वान् , कीळैयगताळ्वान्, मेलैयागताळ्वान्

ग्रन्थ : न्यायतत्वं , योग रहस्यम , पुरुष निर्णयम

 

श्रीमन् नाथमुनि वीरनारायणपुरंमा ईश्वरभट्टाळ्वार्कोमा घर जन्म लिनुभयो । श्रीमन् नाथमुनिको श्रीरन्गनाथमुनि र नाथब्रह्म नामहरूले पनि जान्न सकिन्छ, दुबै नामोमा नाथ हुनुको कारण शायद छोटो नामले नाथमुनि नामले ज्यादा गौरवान्वित हुनुभयो |

श्रीमन् नाथमुनि अष्टांग योग र संगीतको विद्वान हुनुहुन्थ्यो । उहाँले श्रीरंगममा भगवान अरंगनाथार (रंगनाथजी)को अरयर सेवा ( अरयर सेवा भान्नले , दिव्य प्रबंधको संगीतमय तालमा नृत्यको साथ प्रस्तुत गर्नु ) शुरुआत गर्नु भायको थीयो , जो आज पनि तिरुवरन्गम, आल्वार् तिरुनगरि , र श्री विल्लिपुत्तूर्मा उत्सव र अन्य मन्दिरमा आजपनि आयोजित होती हुँछ ।

नाथमुनि उत्तर भारतको दिव्य देशहरुको यात्राko लागि आफ्नो पिता, पुत्र र अन्य कुटुम्ब सदस्यहरु को साथ मथुरा, वृन्दावन्, गोवर्धन धाम, द्वारका, बद्रीनाथ, नैमिषारण्य इत्यादी को लागि वीरनारायणपुराम प्रस्थान हुनुभयो । यमुना नदी तटमा रहेको गोवर्धनपुर् गाँउले नाथमुनिको धेरै नै प्रभावित गर्‍यो , त्यहाँ एक गुफामा बसेर भगवानको यमुनैत्तुरैवर्को रुपमा सेवा गर्दै हुनुहुन्थ्यो । एक दिन सपनमा भगवान उहाँलाई काट्टूमन्नार् मन्दिर (वर्तमान मानरगुड़ी भगवान राजगोपाल स्वामीको अभिमान देश)मा फर्कने आदेश दिनुहुन्छ। यो सन्देश प्राप्त गरेर उहाँ काट्टूमन्नार् मन्दिर तिर प्रस्थान गर्नुभयो । फिर्ती सावरिमा वारणसि, पूरी, सिंहाचल, घटिकाचल्, कांचीपुरम (आस पास के दिव्य स्थल), तिरुवाहिन्द्रापुरम, तिरुकोवलूर्, तिरुवरन्गम् र तिरुकुडन्दै दिव्यदेशमा मंगलाशासन गर्दै काट्टूमन्नार् मन्दिर पुग्नु भयो ।

काट्टूमन्नार् मन्दिरमा , एक दिन मेल्नाडुबाट , श्रीवैष्णवहरुको समूह काट्टूमन्नार् मन्दिर पुग्नु हुन्छ , भगवानको दर्शनको समयमा नम्माळ्वार आळ्वार द्वारा रचित तिरुवोईमोजहिको १० या ११ पाशुर जो “अरुवामुदन”/ “अर्वामुतन” यो एक द्रविड़ शब्द हो , जसको अर्थ हो “रूचिको साथ” / “तन्मयताको साथ” भगवानको अगाडि सुनाउनु हुन्थ्यो । नाथमुनि सोही वैष्णवहरुको मुखबाट पाशुरहरु सुने पछी, वैष्णवहरुलाई फेरी सुनाउनु भन्नुहुन्थ्यो । तर वैष्णवहरुले आफुलाई त्यती मात्र आउने भन्नु भयो । त्यस पछी नाथमुनि ति पाशुरहरु कहाँबाट प्राप्त गर्न सकिन्छ भनेर लाग्नुभयो , श्रीवैष्णव विचार व्यक्त गर्नु हुन्छ कि उनिहरुलाई केवल ११ पाशुरहरुको जानकारी छ र आल्वार् तिरुनगरिमा बाँकी पाशुरको जानकारी प्राप्त हुन सक्छ भनेर संकेत गर्नु भयो ।

उनिहरुको विचारमा सहमत भयी नाथमुनि आल्वार् तिरुनगरी पुग्नु हुन्छ । त्यहाँ उहांको भेट मधुरकवि आल्वार्रको शिष्य परांकुश दासर्सँग हुन्छ। परांकुश दासर् उन्हालाई मधुरकवि आल्वार् द्वारा नम्माळ्वार आळ्वारको रचना “कण्णिनुण् सिरुताम्बू ” को ११ पाशुरको तिरुपुलियामाराम ( इमलीको त्यो रुख जसको टोड्कोमा नम्माळ्वार आळ्वार ध्यान मग्न हुनुहुन्थ्यो) को अगाडि १२००० पटक बिना कुनै अवरोध जप गर्नाले सबै प्राप्त हुने बताउनु भयो । परांकुश दासर्ले भने अनुसार नाथमुनि स्वामीजी (जो अष्टांग योगको अधिकारी हुनुहुन्थ्यो) जप आरम्भ गर्नुभयो । नाथमुनिको यस जपले प्रसन्न भयर नम्माळ्वार आळ्वार उहांको सामने प्रकट हुनुभयो | उहाँलाई अष्टांग योगको परिपूर्ण ज्ञान र आळ्वारहरु द्वारा रचित ४००० दिव्य प्रबंध पाशुर (अरूलिचेयल्) अर्थ सहित प्रदान गर्नुभयो | जसरी भगवानले नम्माळ्वार आळ्वार माथि विशेष अनुग्रह गर्नुभयको थीयो, यसरी नै नम्माळ्वार आळ्वारले नाथमुनि स्वामीजी माथि विशेष अनुग्रह गरी द्रविड़ वेद प्रदान गर्नुभयो | नम्माळ्वार आळ्वारको यस विशेष कृपाको मणवालमामुनि आफ्नो उपदेश रत्नमालामा “अरुल पेट्रा नाथमुनि ” (अनुग्रह पात्र नाथमुनि) भनेर बर्णन गर्नुहुन्छ |

नाथमुनि काटटुमन्नार् कोविल पुगी , मन्नार्लाई ४००० पाशुरहरु सुनाउनु भयो | प्रसन्न भयर मन्नार् ४००० पाशुरहरुको बिभाजित गरी प्रचार – प्रसार गर्न आदेश दिनुहुन्छ | मन्नार्को आदेश अनुसार ४००० पाशुरहरुको नाथमुनि स्वामीजी , लय , सुर र तालहरुको सम्मिश्रण गरी ४ भाग लगाइ आफ्नो दुई भान्जो कीळैयगताळ्वान् र मेलैयागताळ्वानमाथि अनुग्रह गरी दिव्यप्रबन्धको ज्ञान दीयर उहाँहरु द्वारा दिव्य प्रबंधको प्रचार – प्रसार गराउनु भयो |

नाथमुनि दिव्यसंगीतको पनि महान् विद्वान हुनुहुन्थ्यो | एक समय, त्यस गाउँको राजा एक साधारण र विशेष (दिव्य) गायकको बीच केही अंतर थाहा पाउन सकिरहेका थीयनन् | नाथमुनिले अति सरलतासँग अंतर थाहा पाइ त्यस समस्याको समाधान गर्दिनुभयो | राजाले यो देखेर नाथमुनि स्वामीजीको संगीतको प्रवीणताको परीक्षा लिने प्रसङ्गमा नाथमुनि स्वामीजी जवाब दिनुहुन्छ , त्यो ४००० स्लोकले सम्मिलित ध्वनि सुनेर , एक एक श्लोकको ध्वनि र उसके वजनको अनुमान गर्नसकिन्छ | यो सुनेर राजाको नाथमुनि स्वामीजीको संगीतमा प्रवीणता थाहा पाइ नाथमुनि स्वामीजीलाई धेरै धन देयर गौरवान्वित गराउनुभयो | तर भौतिक सुखको तुच्छ सम्झिने नाथमुनि स्वामीजी , त्यस धन संपत्त्तिको लागि कुनै प्रतिक्रिया व्यक्त गर्नु हुँदैन ।

आफ्नो दिव्य ज्ञान , आफ्नो अष्टांगयोगको साधनाले भविष्यमा आफ्नो पुत्र हुनेमा निस्चिन्त हुनुहुन्छ । पछी गयर आफ्नो पुत्र ईश्वर मुनिसँग भन्नुहुन्छ, उनको पुत्र को यमुनै तुरैवर् (कृष्ण प्रेमको कारण – जो यमुना नदिसँग सम्बंधित छ ) उहाँमाथि नामकरण गर्ने आदेश दिनुहुन्छ । र आफ्नो शिष्य बृंदसँग यमुनै तुरैवर् (आल्वन्दार)लाई सबै शास्त्रहरुको ज्ञान प्रदान गरी शास्त्र ज्ञानमा निपुण बनाउने बचन माग्नु हुन्छ ।

आफ्नो अन्तिम समय निकट जानेर नाथमुनि स्वामीजी आस पासको परिस्थितिहरुसँग विस्मरित भयी भगवानको ध्यानमा निमग्न रहनु हुन्थ्यो । एक दिन उहाँलाई भेट्न राजा र रानी आउनुहुन्छ । ध्यानमग्न स्वामीजीलाई देखेर , राजा और रानी फर्कनु हुन्छ । प्रभु प्रेम , लगन र भक्तिमा मग्न, नाथमुनि स्वामीजीलाई भगवान श्री कृष्ण गोपिहरुको साथ अाइ उहांको ध्यानमग्न अवस्था देखेर फर्कनु भयको भावना गर्नु हुन्छ । पछी यस्तो भावनाले राजा रानी दुखित हुनुभयो भनी पछी पछी दौडनु हुन्छ ।

पछील्लो पटक राजा, रानी, एक शिकारी शिकारबाट फर्कदैं गर्दा एक बाँदर उहाँहरुलाई भेट्छ र सँगै नाथमुनिगल कहाँ जान्छन । यस पटक पनि नाथमुनि स्वामीजीको ध्यान मग्न देखी , राजा फेरी फर्कनु हुन्छ । नाथमुनि जीको यस पटक यस्तो लाग्छ की श्री राम चन्द्र, माता सीता, लक्ष्मण जी र हनुमान जी उहाँलाई दर्शन दिन आउनुभयो, तर उहाँलाई ध्यान मग्न देखी फर्कनु भयो र यो आभासले नाथमुनि उनिहरुको दर्शन पाउन पछी दौडनु भयो । त्यो आभस आँखाबाट ओझेल भगवानसँग वियोग सहन गर्न नसकेर नाथमुनि मूर्छित हुनुभयो र प्राण नै छोडि परमपद प्राप्त गर्नुभयो । यो समाचार सुनेर तुरन्त ईश्वर मुनि , शिष्य बृंदको साथ वहाँ पुग्नुभयो र उहांको अन्तिम चरम कैंकर्य गराउनुभयो ।

नाथमुनि स्वामीजीको प्रयासले प्राप्त यो दिव्य प्रबंधको कारण नै आज श्री वैष्णव साम्प्रदायको ऐश्वर्य हामीलाई प्राप्त गर्न उहाँ बिना दुर्लभ थीयो । आल्वन्दार स्वामीजी , नाथमुनि स्वामीजीको पुत्र आफ्नो स्तोत्र रत्नमा नाथमुनिको प्रशंसा शुरुआतको तीन श्लोकहरुमा गर्नुहुन्छ ।

पहिलो श्लोकमा भन्नुहुन्छ ” म उन नाथमुनि को प्राणाम गर्छु जो अतुलनीय हुनुहुन्छ , विलक्षण हुनुहुन्छ र एम्पेरुमानार्को अनुग्रहले अपरिमित ज्ञान भक्ति र वैराग्यको पात्र हुनुहुन्छ ।

दोस्रो श्लोकमा भन्नुहुन्छ ” म उन नाथमुनि जीको चरण कमलहरुको , यस भौतिक जगत र अलौकिक जगतमा आश्रय लिन्छु जसले मधु राक्षसको मार्ने वाला (भगवान श्री कृष्ण)को श्री पाद कमलहरु प्रती परिपूर्ण आस्था , भक्ति र शरणागति ज्ञान छ ” ।

तेस्रो श्लोकमा भन्नुहुन्छ ” म उन नाथमुनिजीको सेवा गर्छु जसले अच्युतको लागि असीमित प्रेम हो निजज्ञानको प्रतीक हो , जो अमृत के सागर हो , जो बद्ध जीवात्महरुको उज्जीवनको लागि प्रकट हुनुभयो, जो भक्तिमा निमग्न रहनुहुन्छ र जो योगिहरुका राजा हुनुहुन्छ ।

उहांको अन्तिम र चौथो श्लोकमा भगवानसँग बिन्ती गर्नुहुन्छ , उनको उपलब्धिहरु नदेखेर उनको हजुरबाको उपलब्धिहरु र शरणागति देखेर मलाई आफ्नो तिरुवडीको दास स्वीकार गरी बक्सयोस ।

यो चार श्लोकहरुमा हामीले नाथमुनि जीको महान वैभवको जानकारी हुन्छ ।

हामीले उहांको वैभवता जानेर , उहांको श्री चरण कमलोमा प्रार्थना गरौँकी हामीलाई पनि उहाँ जस्तै अच्युत र अल्वार आचार्यहरुको श्रीचरणमा अटूट् विश्वास र प्रेम प्राप्त हवोस् |

नाथमुनि स्वामिजीको तनियन

नमःचिन्त्यादभुताक्लिष्ट ज्ञान वैराग्य राशये ।
नाथायमुनयेगाध भगवद्भक्ति सिन्धवे ॥

 

अडियेंन Raghav रामानुज दास

नम्माल्वार (शठकोप सुरी )

श्री: श्रीमते शठकाेपाय नमः  श्रीमते रामानुजाय नमः  श्रीमद् वरवरमुनये नमः  श्रीवानाचल महामुनये नमः

हामीले पूर्व लेखमा श्रीविश्वकसेन सूरी अर्थात सेनै मुदलिअार (https://guruparamparainepali.wordpress.com/2017/11/24/senai-mudhaliar/) काे बारेमा चर्चा गर्याैं । अब हामी हाम्राे गुरुपरम्परामा अाउनुहुने अाचार्य श्रीशठकाेप सूरीकाे बारेमा चर्चा गर्दैछाैं ।

श्रीशठकाेप सूरी – अाल्वार तिरुनगरी

तिरुनक्षत्र: विशाखा नक्षत्र

अवतार स्थल: अाल्वार तिरुनगरी

अाचार्य: श्रीविश्वकसेन सूरी.

शिष्यहरु: मधुरकवि अाल्वार, श्रीनाथमुनी स्वामी

श्रीशठकाेप स्वामीजी महाराज धेरै नामहरुबाट विभुषित हुनुहुन्छ जस्तै मारन, परांकुश, वकुलाभरणन् , वकुलाभिरामन् , मगिल्मारन् , शठजित् , कुरुगुर् नम्बी अादि

पिता मारन र माता उदयनंगैकाे काेखबाट अाल्वारतिरुनगरी क्षेत्रमा श्रीशठकाेप स्वामीजीकाे अवतार भएकाे हाे । कलियुग शुरु भएकाे केहि दिनमा नै उहाँकाे अवतार भएकाे थियाे । भगवद गीतामा भगवानले भन्नुभएकाे छ कि जीवात्मालाई धेरै धेरै जन्म पछि मात्र ज्ञान हुन्छ कि याे संसारमा सबै वस्तुहरुकाे स्वामी मात्र भगवान हुनुहुन्छ । र याे सत्य बुझेका ज्ञानीहरु दुर्लभ हुनुहुन्छ । श्रीशठकाेप स्वामीजीकाे जीवन र उहाँकाे कार्यबाट याे प्रमाणित हुन्छ कि वास्तविक ज्ञानी उहाँ अर्थात श्रीशठकाेप सूरी हुनुहुन्छ । उहाँ भगवानलाई अति प्रिय हुनुहुन्छ । एउटा ईम्लिकाे बृक्षमुनि सधै याेग मुद्रामा बसेर निरन्तर भगवानकाे ध्यान गर्दै उहाँ यस धरातलमा जम्मा ३२ वर्ष सम्म रहनुभयाे । सहस्रगीतिकाे हरेक पदिगमकाे अन्तिम गाथामा श्रीशठकाेप सूरीकाे नाम कुरुगुर नम्बी भनेर अाउँछ र हाम्रा पूर्वाचार्यहरुकाे व्याख्यानमा उल्लेख भए बमाेजिम जब हामी कुरुगुर भन्ने नाम सुन्छाैं हामीले दक्षिण दिशातिर फर्किएर अन्जलि मुद्रामा श्रीशठकाेप सूरीलाई प्रणाम गर्नुपर्छ किनकी कुरुगुर भनेकाे अाल्वार तिरुनगरी हाे ।

श्रीशठकाेप स्वामीजीलाई प्रपन्नजन कूटस्थ अर्थात प्रपन्न गाेष्ठीमा पहिलाे ज्ञानी भनेर पनि व्यवहार गरिन्छ । श्रीयामुनाचार्य स्वामीजीले त श्रीशठकाेप स्वामीजीलई श्रीवैष्णव कुलपति भनेर सम्बाेधन गर्नुभएकाे छ । अाफ्नाे स्ताेत्र रत्न ग्रन्थकाे पाँचाै श्लाेकमा श्रीयामुनाचार्य स्वामीजीले श्रीशठकाेप स्वामीजी महाराजलाई अाफ्नाे र अाफ्ना सम्पूर्ण शिष्यहरुकाे माता, पिता अादि सबै मानि उहाँकै चरणमा नमन गर्नु भएकाे छ ।

azhvar-emperumanarशयन मुद्रामा श्रीशठकाेप सूरी र उहाँकाे चरणमा श्रीरामानुज स्वामीजी महाराज – अाल्वारतिरुनगरी

भगवद रामानुज स्वामीजी महाराज स्वयं अादिशेषकाे अवतार भैकन पनि “मारन अडि पण्णिण्तु उयण्तवन्” अर्थात श्रीशठकाेप स्वामीजीमा शरणागत हुनुभएकाे भनि  सम्बाेधित हुनुहुन्छ ।

अाफ्नाे ईडु व्याख्यान अवतारिका र तिरुविरुतम व्याख्यान अवतारिकामा श्रीकलिवैरिदास स्वामीजी महाराजकाे यस्ताे निर्णय छ कि श्रीशठकाेप सूरीलाई भगवान श्रीमन्नारायणले लीला विभुतिबाट यस धरातलमा भगवन नाम संकिर्तन गरी बद्द जीवात्माहरुलाई श्रीवैष्णव बनाई माेक्ष प्रदान गर्नकाे लागि पठाउनु भएकाे हाे । श्रीकलिवैरिदास स्वामीजी महाराजकाे याे निर्णय श्रीशठकाेप स्वामीजी महाराजकै शब्दमा अाधारित छ । भगवानले श्रीशठकाेप सूरीलाई भुत, भविष्य र वर्तमानकाे पूर्ण तथा वास्तविक ज्ञान अाफ्नै संकल्पबाट दिनुभएकाे हाे । अाफ्नाे सहस्रगीतिमा श्रीशठकाेप सूरीले धेरै पटक अाफु यस संसारमा अनन्त कालदेखि छटपटिएकाेले अब एक क्षणपनि यस संसारमा रहन नसक्ने र यस संसारमा रहनु भनेकाे ताताे फलाममा विना चप्पल लगाएर उभिनु जस्ताे हाे भनेर भन्नु भएकाे छ । सहस्रगीतिकाे पहिलाे गाथामा नै उहाँले अाफु भगवानबाट विशेष ज्ञान लिई अाएकाे कुरा बताउनु भएकाे छ । यसबाट याे बुझिन्छ कि उहाँ पहिला संसारी हुनुहुन्थ्याे तर पछि भगवानबाटै ज्ञान प्राप्त गर्नु भयाे । यहि कुरा सबै अाल्वारहरुमा लागु हुन्छ किनकीः

  • श्रीशठकाेप सूरी अवयवि हुनुहुन्छ र गाेदादेवी बाहेक अन्य सबै अाल्वारहरु अवयव हुनुहुन्छ ।
  • अन्य अाल्वारहरुले पनि अा अाफ्नाे दिव्यप्रबन्धमा बताउनु भएकाे छ कि उहाँहरु पनि पहिला यस संसारमा दुख भाेगिरहनु भएकाे थियाे र पछि भगवानकाे कृपाले विशेष ज्ञान पाइ अाल्वार हुनुभयाे ।

श्रीशठकाेप सूरीले मूलतः ४ दिव्यप्रबन्धहरु गाउँनु भएकाे छ ।

  • तिरुविरुत्तम (ऋगवेदकाे सार)
  • तिरुवासिरियम (यजुर्वेदकाे सार)
  • पेरीय तिरुवन्तादि (अथर्ववेदकाे सार)
  • सहस्रगीति अर्थात तिरुवायमाेञी (सामवेदकाे सार)

श्रीशठकाेप सूरीका दिव्य प्रबन्धहरु ४ वेद समान छन् । उहाँलाई “वेदम् तमिल चेइत मारन्” अर्थात तमिल प्रबन्धकाे माध्यमबाट संस्कृत वेदकाे सार प्रदान गर्ने महापुरुष पनि भनिन्छ। अन्य सबै अाल्वारहरुका प्रबन्धहरु पनि वेद समान छन् । अाल्वारहरुले गाउनु भएकाे ४००० दिव्यप्रबन्धहरुकाे सार नै सहस्रगीति हाे । पूर्वाचार्यहरुका व्याख्याहरु तथा रहस्य ग्रन्थहरु सबै सहस्रगीतिमा अाधारित छन् । सहस्रगीतिकाे अाफ्नै ५ व्याख्याहरु छन् ।

श्रीदेवी, भूदेवी, नीलादेवी, गाेपिहरु, लक्ष्मणजी, भरतजी, शत्रुघनजी, दशरथजी, काैशल्या, प्रह्लादजी, विभिषणजी, हनुमानजी, अर्जुन जस्ता सबै महापुरुषहरुमा भएका सबै गुणहरु श्रीशठकाेप स्वामीजी महाराजसंग छ भनेर हाम्रा पूर्वाचार्यहरुले निर्णय गर्नुभएकाे छ । श्रीशठकाेप सूरीसंग सबै महापुरुषहरुमा भएका सबै गुणहरु छन् भने माथि उल्लेखित महापुरुषहरुमा श्रीशठकाेप सूरीका केहि मात्र गुणहरु भेटिन्छन् । यस्ताे महिमा छ श्रीशठकाेप सूरीकाे ।

सहस्रगीति (७.१०.५ पलरदियार मुनभ्रौलिय) बाट श्रीकैलिवैरीदास स्वामीजी महाराजले सुन्दर तरिकाबाट श्रीशठकाेप सूरीकाे वर्णन गर्नुभएकाे छ । श्रीशठकाेप सूरीलाई भगवानले सहस्रगीति गाउनकाे लागि यस धरातलमा अाफ्नै संकल्पबाट पठाउनु भयाे । भगवानले साे कार्यकाे लागि श्रीवेदव्यास ऋषि, श्रीवाल्मिकि ऋषि, श्रीपराशर ऋषि र तमिल भाषाकै ज्ञानी मुदलअाल्वारहरु (सराेयाेगी, भूतयाेगी र महद्याेगी) लाई कृपा नगरेर श्रीशठकाेप सूरीलाई नै कृपा गर्नुभयाे ।

यसबाट निम्न बमाेजिम श्रीशठकाेप सूरीकाे चरित्र वर्णन गर्न सकिन्छ ।

श्रीशठकाेप सूरी अवयवि (परिपूर्ण) हुनुहुन्छ भने अन्य अाल्वारहरु अवयव (उहाँकै अंश) हुनुहुन्छ । श्रीशठकाेप सूरीकाे अवतार तिरुकुरुगुर अर्थात अाल्वार तिरुनगरीमा ताम्रपर्णी नदिकाे किनारमा भएकाे थियाे । ताम्रपर्णी नदि अन्य नदिहरु जस्तै गंगा, यमुना, सरस्वति अादि भन्दा ठुलाे मानिन्छ । उहाँ कारी महात्माकाे पुत्र हुनुहुन्छ । कारी महात्मा प्रपन्न कुलमा जन्मनु भएकाे थियाे । श्रीभक्तिसार सूरीकाे शब्दमा साे प्रपन्न कुलले भगवान बाहेक अन्य कसैकाे नाम कदापि जप्नुभएन । साे प्रपन्न कुलकाे वंश यस्ताे छ । तिरुवलुति वल नादर महात्माका पुत्र अरंतागिंयार, उहाँकाे पुत्र चक्रपाणी महात्मा, उहाँकाे पनि पुत्र अच्युत, उहाँकाे पनि पुत्र चेन्तामरैक कण्णर, उहाँकाे पनि पुत्र पाेर्कारियार महात्मा, उहाँकाे पनि पुत्र कारि महात्मा र उहाँकाे पुत्र श्रीशठकाेप सूरी ।

पाेर्कारियार महात्मा अाफ्नाे छाेरा कारीकाे लागि श्रीवैष्णव कन्याकाे खाेजीमा हुनुहुन्थ्याे ताकि महान् श्रीवैष्णव परम्परा र वंश कायम रहाेस । यसै क्रममा पाेर्कारियार महात्मा तिरुवण्परिसारम् दिव्यदेशमा पुग्नुहुन्छ जहाँ उहाँकाे भेट तिरुवाल्मार्भर महात्मा संग हुन्छ जाे अाफ्नी कन्या उडय नंगैकाे लागि श्रीवैष्णव वरकाे खाेजीमा हुनुहुन्थ्याे । यसरी कारी महात्मा र उडय नंगै अम्माजीकाे विवाह हुन्छ । नवविवाहित जाेडिले तिरुवण्परिसारम् दिव्यदेशमा भगवानकाे अारधना गरि अाफ्नाे स्थान तिरुक्कुरुगुर फर्कनु हुन्छ । तिरुक्कुरुगूरमा सबै श्रीवैष्णवहरुले अयाेध्यामा भगवान र सीताजीलाई अयाेध्यावासीले स्वागत गरेझैं कारी महात्मा र उडय नंगैकाे भव्य स्वागत गर्नुहुन्छ ।

केहि समय पश्चात कारि महात्मा र उडय नंगै अामाजीले तिरुवण्परिसारम् बाट फर्कदा तिरुक्कुरुगुंडि दिव्यदेश गई भगवानकाे अारधना गर्नुहुन्छ । त्यहाँ उहाँहरुले एउटा बच्चाकाे लागि भगवानलाई प्रार्थना गर्दा भगवानले अाफु स्वयं उहाँहरुकाे बच्चा भएर अाउने बचन दिनु भएकाे थियाे । त्यसकाे केहि दिन पछि उडय नंगै अामाजी गर्भवति हुनुहुन्छ र कलियुग शुरु भएकाे ४३ अाैं दिनमा श्रीशठकाेप सूरीकाे अवतार हुन्छ र श्रीशठकाेप सूरी स्वयं याे घाेषणा गर्नुहुन्छ कि उहाँ भगवान श्रीमन्नारायणकाे कृपाबाट श्रीविश्वकसेन सूरीकाे अंशकाे रुपमा बहुधान्य वर्षकाे वसन्त ऋतुमा वैशाख महिनामा शुक्ल पक्षमा विशाखा नक्षत्रमा अवतारित हुनु भएकाे हाे । अाचार्य हृदय नामक ग्रन्थमा ग्रन्थकार श्रीअलगीय मणवाल पेरुमाल नायनार स्वामीजी महाराज भन्नुहुन्छ कि सूर्यकाे प्रकाशबाट पनि संसारीहरुकाे अज्ञानता हटेन तर भगवान श्रीराम र श्रीकृष्णकाे अवतार पश्चात सारा अन्धकार दूर भयाे त्यसरी नै श्रीशठकाेप सूरीकाे अवतार पश्चात पनि सारा जीवात्माहरुकाे अज्ञानता दूर भयाे ।

तिरुकुरुगूर अादिनाथ भगवानकाे सन्निधिमै श्रीशठकाेप सूरीले अाफ्नाे अाश्रय लिनुहुन्छ भन्ने थाहा पाएरै अादिशेष श्रीशठकाेप सूरीकाे रक्षाकाे लागि ईम्लिकाे रुखकाे रुपमा अाउनुहुन्छ ।

श्रीशठकाेप सूरीकाे बारेमा थप जानकारी श्रीमधुरकवि अाल्वारकाे वर्णन गरिएकाे यस लिंकमा पनि पढ्न सकिन्छ ।

श्रीशठकाेप सूरीकाे तनियनः

माता पिता युवतयस् तनया विभूतिः
सर्वम् य देव नियमेन मद् अन्वयानाम् ।
अाद्यश्यनः कुलपतेर् वकुलाभिराम्
श्रीमत् तदघ्रिं युगलम् प्रणमामि मूर्ध्ना ।।

श्रीशठकाेप सूरीकाे अर्चावतारकाे वर्णन यस लिंकमा पनि पढ्न सकिन्छ । http://ponnadi.blogspot.in/2012/10/archavathara-anubhavam-nammazhwar.html.

महापूरुषहरुबाट श्रीशठकाेप सूरीकाे महिमागान यस लिंकमा पढ्न सकिन्छ – http://kaarimaaran.com/songs.html

श्रीशठकाेप सूरीकाे ३२ नामहरु अाल्वारतिरुनगरी दिव्यदेशमा अंग्रेजी र तमिल भाषामा पढ्न सकिन्छ ।

अर्काे लेखमा हामी श्रीनाथमुनी स्वामीजीकाे बारेमा चर्चा गर्नेछाैं ।

आल्वार तिरुवडिगले शरणम् ।
एम्पेरुमानार तिरुवडिगले शरणम् ।
जीयर तिरुवडिगले शरणम् ।
श्री वानमामलै रामानुज जीयर तिरुवडिगले शरणम् ।।

अडियन् राघव रामानुज दासन् ।
अडियन प्रमाेद रामानुज दासन् ।

श्रोत – https://guruparamparai.wordpress.com/2012/08/18/nammazhwar/

archived in https://guruparamparainepali.wordpress.com/

प्रमेय (लक्ष्य) – http://koyil.org
प्रमाण (शास्त्र) – http://granthams.koyil.org
प्रमाता (आचार्य) –  http://acharyas.koyil.org
श्रीवैष्णव बालबालिकाहरुको लागि – http://pillai.koyil.org

श्रीविश्वकसेन सूरी (सेनै मुदलियार)

श्रीः श्रीमते शठकोपाय नमः  श्रीमते रामानुजाय नमः  श्रीमद् वरवरमुनये नमः  श्री वानाचल महामुनये नमः

पूर्व लेखमा  (https://guruparamparainepali.wordpress.com/2017/11/21/divya-dhampathi/) हामीले भगवान श्रीरंगनाथ र श्रीरंगनायकी अामाकाे दिव्य दम्पतीकाे बारेमा चर्चा गर्याैं । यस लेखमा हामी श्रीविश्वकसेन सूरी अर्थात सेनै मुदलिअारकाे बारेमा चर्चा गर्दैछाैं ।

श्रीविश्वकसेन सूरी (सेनै मुदलिअार)

श्रीविश्वसकेन सूरी – तिरुवल्लीकेनी दिव्यदेश

तिरुनक्षत्र: ऐप्पासि (आश्विन माह), पूरादम् (पूर्वषाढ़ा)
ग्रन्थ रचना: विश्वकसेन संहिता

श्रीविश्वकसेन सूरी नित्य सूरी हुनुहुन्छ । भगवानकै निर्देशन बमाेजिम नित्य विभूति र लीला विभूति सम्पूर्ण गतिविधिहरुमा अाफ्नाे नियन्त्रण राख्नु हुने श्रीविश्वकसेन सूरी सेनापति हुनुहुन्छ । उहाँलाई सेनै मुदलिअार, वेत्रधर, वेत्रहस्तर अादि नामले पनि सम्बाेधन गरिन्छ ।सूत्रवति उहाँकी पत्नी हुनुहुन्छ । भगवानकाे शेष प्रसाद श्रीवैकुण्ठमा पहिला उहाँलाई नै प्राप्त हुने भएकाेले उहाँलाई शेष अासन पनि भनिन्छ ।

हाम्रा पूर्वाचार्यहरुकाे भनाई अनुसार श्रीमहालक्ष्मी श्रीविश्वकसेन सूरीकी अाचार्य हुनुहुन्छ ।

सबै अाल्वारहरु श्रीविश्वकसेन सूरीका शिष्य हुनुहुन्छ ।

पूर्वाचार्यहरुले बताउनु भए अनुसार भगवानले नित्य र लीला विभूतिकाे सम्पूर्ण नियन्त्रणकाे जिम्मेवारी श्रीविश्वकसेन सूरीलाई दिनुभएकाे छ र भगवान भने अानन्दले भक्तगण र नित्यसूरीहरुकाे कैंकर्यबाट रमाइरहनु भएकाे छ । पूर्वाचार्यहरु भन्नुहुन्छ श्रीविश्वकसेन सूरी एक वयस्क मन्त्री जस्ताे हुनुहुन्छ भने भगवान एक युवा राजकुमार जस्ताे अभिनयमा हुनुहुन्छ ।

स्ताेत्र रत्नकाे ४२ अाैं श्लाेकमा श्रीविश्वकसेन सूरी र श्रीभगवानकाे सम्बन्धलाई श्रीयामुनाचार्य स्वामीजीले यसरी विस्तार गर्नुहुन्छ ।

त्वदीय भुक्तोज्झित शेष भोजिना त्वया निसृष्टात्मभरेण यद्यथा ।
प्रियेण सेनापतिना न्यवेदि तत् तथाSनुजानन्तमुदारवीक्षणैः ॥

यस श्लाेकमा श्रीयामुनाचार्य स्वामीजी भगवानलाई सम्बाेधन गर्दै श्रीविश्वकसेन सूरीकाे महिमा गान गर्दै हुनुहुन्छ र श्रीविश्वकसेन सूरीकाे नियन्त्रणमा रहेकाे भगवानकाे उभय विभूति साम्राज्यकाे अानन्द लिंदै हुनुहुन्छ ।

साधारण अर्थः हे भगवान, हजुरकाे शेष प्रसाद प्राप्त गर्ने पहिलाे सूरी हुनुहुन्छ श्री विश्वकसेन सूरी र उहाँलाई नै नित्य र लीला दुबै विभूतिहरुकाे नियन्त्रणकाे जिम्मेबारी छ र उहाँ सबैबाट रुचाइनु हुन्छ । हजुरकाे कटाक्षबाट नै उहाँलाई हजुरकाे अादेश र ईच्छा थाहा पाएर उहाँले जस्ताे सुकै कार्य पनि गर्न सक्नुहुन्छ । अर्थात श्रीविश्वकसेन सूरी भगवानकाे अाँखामा हेरेर भगवानकाे अादेश बुझी साे काे पालन गर्नु हुन्छ । भगवानले बाेल्नै पर्दैन ।

श्रीविश्वकसेन सूरीकाे तनियन

श्रीरंगचन्द्रमसम् इन्दिरया विहर्तुम्

विन्यस्य विश्वचिद चिन्नयनाधिकारम्

याे निर्वहत्य निसमंगुलि मुद्रयैव

सेनान्यम् अन्य विमुकास् तमसि श्रीयाम ।

ஸ்ரீரங்கசந்த்ரமஸம் இந்திரயா விஹர்தும்
விந்யஸ்ய விஸ்வசித சிந்நயநாதிகாரம்
யோ நிர்வஹத்ய நிஸமங்குளி முத்ரயைவ
ஸேநாந்யம் அந்ய விமுகாஸ் தமஸி ஸ்ரியாம

सदा भगवान प्रति सच्चा भक्ति लागाेस् भनि श्रीविश्वकसेन सूरी समक्ष प्रार्थना गराैं ।

अर्काे लेखमा हामी प्रपन्न जन कूटस्थ श्रीशठकाेप सूरीकाे बारेमा चर्चा गर्नेछाैं ।

आल्वार तिरुवडिगले शरणम् ।
एम्पेरुमानार तिरुवडिगले शरणम् ।
जीयर तिरुवडिगले शरणम् ।
श्री वानमामलै रामानुज जीयर तिरुवडिगले शरणम् ।।

अडियन् राघव रामानुज दासन् ।
अडियन प्रमाेद रामानुज दासन् ।

श्रोत – https://guruparamparai.wordpress.com/2012/08/18/senai-mudhaliar/

archived in https://guruparamparainepali.wordpress.com/

प्रमेय (लक्ष्य) – http://koyil.org
प्रमाण (शास्त्र) – http://granthams.koyil.org
प्रमाता (आचार्य) –  http://acharyas.koyil.org
श्रीवैष्णव बालबालिकाहरुको लागि – http://pillai.koyil.org

दिव्य दम्पति – भगवान श्रीरंगनाथ र श्रीरंगनायकी

श्रीः श्रीमते शठकोपाय नमः  श्रीमते रामानुजाय नमः  श्रीमद् वरवरमुनये नमः  श्री वानाचल महामुनये नमः

पूर्व लेखमा (https://guruparamparainepali.wordpress.com/2017/11/14/introduction-contd/) हामीले संक्षेपमा श्रीवैष्णव गुरुपरम्पराकाे बारेमा चर्चा गर्याैं ।

अब हामी हाम्राे अाेराण वाञि अाचार्य परम्पराकाे बारेमा चर्चा गर्दैछाैं । एक व्यक्तिबाट अर्काे व्यक्तिमा श्रृंखलाबद्द रुपले ज्ञान प्रदान गरिनुलाई तमिल भाषामा अाेराण वाञि भनिन्छ । यस अघिनै चर्चा भए बमाेजिम वास्तविक ज्ञानकाे भण्डार रहस्य त्रयमा छ र हाम्राे अाेराण वाञि अाचार्य परम्पराले हामीलाई साेहि वास्तविक ज्ञान प्रदान गर्दछ ।

  • भगवान श्रीरंगनाथ (पेरिय पेरुमाल)

तिरुनक्षत्र: राेहिणि

कृति: भगवत गीता, श्रीशैलेश दयापात्रम तनियन इत्यादि

हाम्राे अाेराण वाञि अाचार्य परम्परा भगवान श्रीरंगनाथ अर्थात पेरिय पेरुमालबाट शुरु हुन्छ । यस पूर्वकाे लेखमा चर्चा भए बमाेजिम जीवात्माहरु प्रति असिम अनुकम्पा राख्दै भगवान स्वयं प्रथम अाचार्यकाे रुपमा अाउनुहुन्छ । विष्णुलाेकमा भगवानले रहस्य त्रयकाे व्याख्या श्रीमहालक्ष्मीजी लाई सुनाएर श्रीवैष्णव परम्पराकाे प्रथम अाचार्यकाे रुप लिइबक्सेकाे छ ।

भगवान स्वतन्त्र र शेषि हुनुहुन्छ । उहाँ बाहेक अरु काेहि न त स्वतन्त्र छ न शेषि नै । अरु त भगवानमा परतन्त्र छन् र भगवानकाे शेष हुन् । अाफ्नै संकल्पबाट भगवान प्रथम अाचार्य हुनुभएकाे हाे । उहाँ सर्वज्ञ, सर्वशक्तिमान र सर्वव्याप्त हुनुहुन्छ । माेक्षकाे चाहना राख्ने जीवात्माहरुलाई माेक्ष प्रदान गर्नु भगवानकाे धेरै गुणहरु मध्येकाे एउटा विशेष गुण हाे । उहाँ बाहेक माेक्ष प्रदान अरु कसैले गर्न सक्दैन ।

भगवान रंगनाथ श्रीरंग विमानमा सवार भएर श्रीवैकुण्ठबाट श्रीब्रम्हाजी समक्ष अाउनु भयाे र  श्रीब्रम्हाजीले सत्यलाेकमा भगवानकाे अाराधना गर्नुभयाे । पछि भगवान राजा ईक्ष्वाकुकाे अनुराेधमा अयाेध्या सवारी भयाे र रघुकुलका राजाहरुले भगवान रंगनाथकाे सेवा अाराधना गर्नुभयाे । पछि भगवान श्रीरामचन्द्रले भगवान रंगनाथकाे विग्रह विभिषणजी लाई प्रदान गर्नुभयाे । विभिषणजी लंका जाने क्रममा श्रीरंगनाथ भगवानकाे विग्रहलाई श्रीरंगममा बिसाउनु भयाे । श्रीरंगमकाे साैन्दर्यबाट माेहित भई भगवान रंगनाथ श्रीरंगममै दक्षिण मुख गरेर बिराजमान हुनुभयाे र अाज पनि हुनुहुन्छ ।

भगवान श्रीरंगनाथकाे तनियनः

श्रीस्तनाभरणम् तेजः श्रीरंगेशयम् अाश्रये |
चिन्तामणिमिवाेद्वान्तम् उत्संगे अन्नतभाेगिनः ||

  • श्रीरंगनायकी अर्थात श्रीपेरिय पिराट्टी

तिरुनक्षत्र: उत्तर फाल्गुनी

भगवानले श्रीमहालक्ष्मीजीलाई भगवान श्रीमन्नारायणले विष्णुलाेकमा द्वय महामन्त्र सुनाउनु हुन्छ । अाचार्यमा हुनु पर्ने सम्पूर्ण गुणहरु श्रीरंगनायकी अामामा छन् ।

अाचार्यमा कृपा, पारतन्त्र्यम् र अनन्यार्हत्वम् जस्ता गुणहरु हुन्छन् । श्रीमहालक्ष्मी स्वरुपा श्रीरंगनायकी अामा यी सबै गुणहरुले युक्त हुनुभएकाे हुँदा उहाँ अाेराण वाञी श्रीवैष्णव अाचार्य परम्पराकाे दाेश्राे अाचार्यकाे रुपमा बिराजमान हुनुहुन्छ । सबै अाचार्यहरुले उहाँकै अनुसरण गर्नुहुन्छ ।

श्रीपिल्लै लाेकायार्य स्वामीजीले श्रीवचन भुषण ग्रन्थमा श्रीमहालक्ष्मीले यी तीन गुणहरु सीताकाे रुपमा अवतारित भएकाे समयमा देखाउनु भएकाे छ भनेर निम्न बमाेजिम व्याख्या गर्नुहुन्छ ।

पहिलाे, जब रावणले उहाँलाई हरण गरेर लंका लिएर जान्छ, उहाँले अाफु रावणबाट हरण हुन सम्भव पारिदिनु हुन्छ ताकि देवस्त्रीहरुकाे पछि भगवानबाट उद्दार हाेस् । याे उहाँकाे परम कृपा हाे देवस्त्रीहरु प्रति । उहाँ सारा जीवात्माकै अामा हुनुहुन्छ, यस कारण उहाँ रावणकाे पनि अामा हुनुहुन्छ र रावणकाे गलत व्यवहार पनि अामा भएर सहन गर्नुहुन्छ ।

दाेश्राे, जब सीतादेवी गर्भवति हुनुहुन्छ, त्यतिबेला अाफ्ना नागरिकहरुकाे बचनकाे कारणले भगवानले सीतादेवीलाई राज्य छाेड्ने अादेश दिनुहुन्छ । अाफु भगवानमा पारतन्त्र्य भएकाेले भगवानकाे अादेश पालना गर्दै सीतादेवीले सजिलै राज्य त्याग गर्नुहुन्छ ।

तेश्राे, भगवान प्रति अनन्यार्हत्वम् देखाउँदै सीतादेवीले वनवास पछि परमपद स्वीकार गर्नुहुन्छ ।

यसकारण तीनै विशेष गुणहरु कृपा, पारतन्त्र्यम् र अनन्यार्हत्वम् श्रीमहालक्ष्मीमा पूर्णरुपमा छन् ।

श्रीरंगनायकी अामाकाे तनियन

नमः श्रीरंग नायक्यै यद् भ्रु विभ्रम भेदतः |
ईशेशितव्य वैसम्य निम्नाेन्नतम् इदम् जगत् ||

अर्काे लेखमा सेनै मुदलिअार अर्थात श्रीविश्वकसेन सूरीकाे बारेमा चर्चा गर्नेछाैं ।

आल्वार तिरुवडिगले शरणम् ।
एम्पेरुमानार तिरुवडिगले शरणम् ।
जीयर तिरुवडिगले शरणम् ।
श्री वानमामलै रामानुज जीयर तिरुवडिगले शरणम् ।।

अडियन् राघव रामानुज दासन् ।
अडियन प्रमाेद रामानुज दासन् ।

श्रोत – https://guruparamparai.wordpress.com/2012/08/17/divya-dhampathi/

archived in https://guruparamparainepali.wordpress.com/

प्रमेय (लक्ष्य) – http://koyil.org
प्रमाण (शास्त्र) – http://granthams.koyil.org
प्रमाता (आचार्य) –  http://acharyas.koyil.org
श्रीवैष्णव बालबालिकाहरुको लागि – http://pillai.koyil.org

श्रीवैष्णव गुरुपरम्परा – परिचय (भाग २)

श्रीः श्रीमते शठकोपाय नमः  श्रीमते रामानुजाय नमः  श्रीमद् वरवरमुनये नमः  श्री वानाचल महामुनये नमः

हामीले पूर्व  अनुच्छेदमा  https://guruparamparainepali.wordpress.com/2017/07/01/introduction/ “श्री संप्रदाय” को गुरुपरम्पराको वर्णन शुरु गरेका छाैं ।

periya perumaalश्रियःपति भगवान श्रीमन्नारायण श्रीवैकुण्ठमा अनन्त कालदेखि श्री, भू, नीलादेवीहरुका साथमा अनन्त, गरुड, विश्वकसेन अादि नित्यसूरीहरुका माझ रहनुहुन्छ र उहाँका असंख्य दिव्य गुणहरु छन् । परमपद श्रीवैकुण्ठ अन्नत र दिव्य अानन्दले भरिएकाे छ । भगवान श्रीवैकुण्ठमा अानन्दले बास गर्नुहुन्छ तर पनि उहाँकाे मन भने संसारमा दुख भाेगिरहेका जीवात्माहरु प्रति दयाले भरिएकाे हुन्छ । नित्य (जाे सधै परमपद श्रीवैकुण्ठमा बास गर्नुहुन्छ), मुक्त (जाे कुनै समयमा संसारमा हुनुहुन्थ्याे तर हाल माेक्षप्राप्त पश्चात वैकुण्ठमा हुनुहुन्छ) र बद्द (संसारमा दुख भाेगिरहेका जीवात्माहरु) सबै जीवात्माहरु भगवानकै दास हुन् र सबैकाे भगवानसंग एक मात्र सम्बन्ध छ पिता – पुत्र । यहि सम्बन्धले गर्दा नै भगवान बद्दात्माहरुलाई संसारबाट माेक्ष दिई श्रीवैकुण्ठमा लगि दिव्य कैंकर्यमा लगाउनु हुन्छ ।

शास्त्रकाे अनुसार माेक्ष प्राप्तकाे लागि वास्तविक तत्व ज्ञानकाे अावश्यकता पर्दछ । उक्त तत्व ज्ञानकाे बारेमा स्पष्टसंग रहस्य त्रयमा बताइएकाे छ । हामीलाई संसारबाट माेक्ष दिलाई श्रीवैकुण्ठमा पुर्याउनु हुने महापुरुषलाई अाचार्य भनिन्छ । भगवान स्वयं प्रथमाचार्य हुनुहुन्छ । भगवानले निम्न ३ प्रकारले अाचार्यकाे रुप धारण गर्नुभएकाे प्रसंग हाम्रा पूर्वाचार्यहरुले व्याख्या गर्नुभएकाे छ ।

  • बदरीकाश्रममा भगवानले नारायण ऋषिकाे रुपमा अष्टाक्षरी महामन्त्र अाफ्नै अवतार नर ऋषिलाई प्रदान गर्नुभएकाे ।
  • विष्णुलाेकमा भगवानले श्रीमहालक्ष्मीलाई द्वयमन्त्र प्रदान गर्नुभएकाे र श्रीवैष्णव सम्प्रदायकाे गुरुपरम्पराकाे शुरुवात गर्नुभएकाे ।
  • कुरुक्षेत्रमा भगवानले अर्जुनजीलाई सारथीकाे रुपमा चरम मन्त्र प्रदान गर्नुभएकाे ।

सम्पूर्ण गुरुपरम्पराकाे चित्ररुपकाे लागि याे लिंकमा जानुहाेला । http://kaarimaaran.com/downloads/guruparambarai.jpg.

श्रीरंगममा निवास गर्नुहुने पेरीय पेरुमाल अर्थात श्रीरंगनाथ भगवान र पेरीय पिराट्टी अर्थात श्रीरंगनायकी साक्षात श्रीवैकुण्ठमा निवास गर्नुहुने भगवान र महालक्ष्मी हुनुहुन्छ । हामीहरुकाे गुरुपरम्परा (अाेरान वाञी गुरुपरम्परै) काे क्रम निम्न बमाेजिमकाे छ ।

  • १ पेरीय पेरुमाल अर्थात श्रीमन्नारायण
  • २ पेरीय पिराट्टी अर्थात श्रीरंगनायकी
  • ३ सेनै मुदलिअार अर्थात श्रीविश्वकसेन सूरी
  • ४ नम्माल्वार अर्थात श्रीशठकाेप सूरी
  • ५ श्रीनाथमूनी स्वामी
  • ६ उय्यकाेण्डार अर्थात श्रीपुण्डरीकाक्ष स्वामी
  • ७ मणक्काल नम्बी अर्थात श्रीराममिश्र स्वामी
  • ८ अालवन्दार अर्थात श्रीयामुनाचार्य स्वामी
  • ९ पेरीय नम्बी अर्थात श्रीमहापूर्ण स्वामी
  • १० एम्पेरुमानार अर्थात श्रीरामानुज स्वामी
  • ११ एम्बार अर्थात श्रीगाेविन्दाचार्य स्वामी
  • १२ भट्टर अर्थात श्रीपराशर भट्टर स्वामी
  • १३ नन्जीयर अर्थात श्रीवेदान्ति स्वामी
  • १४ नम्पिल्लै अर्थात श्रीकलिवैरिदास स्वामी
  • १५ वडक्कु तिरुविदि पिल्लै अर्थात श्रीकृष्णपाद स्वामी
  • १६ पिल्लै लाेकाचार्यर् अर्थात श्रीलाेकाचार्य स्वामी
  • १७ तिरुवायमाेञी पिल्लै अर्थात श्रीशैलेश स्वामी
  • १८ अलगीय मणवाल मामुनीगल अर्थात श्रीवरवरमुनी स्वामी

हाम्रा अाल्वारहरु पनि हाम्राे गुरुपरम्पराकाे अभिन्न श्रृंखला हुनुहुन्छ ।

अाल्वारहरुकाे क्रम यस प्रकार छ ।

  • १ पाेइगइ अाल्वार अर्थात श्रीसराेयाेगी
  • २ भुतत्अाल्वार अर्थात श्रीभूतयाेगी
  • ३ पेइअाल्वार अर्थात श्रीमहद्याेगी
  • ४ तिरुमञिसै अाल्वार अर्थात श्रीभक्तिसार सूरी
  • ५ श्रीमधुरकवि अाल्वार
  • ६ नम्माल्वार अर्थात श्रीशठकाेप सूरी
  • ७ कुलशेखर अाल्वार
  • ८ पेरीयाल्वार अर्थात श्रीभट्टनाथ सूरी
  • ९ अाण्डाल अर्थात गाेदादेवी
  • १० ताेण्डरअडिप्पाेडि अाल्वार अर्थात श्रीभक्तांघ्रिरेणु अाल्वार
  • ११ तिरुप्पाणी अाल्वार अर्थात श्रीयाेगीवाहन अाल्वार
  • १२ तिरुमंगै अाल्वार अर्थात श्रीपरकाल सूरी

अन्य महत्वपूर्ण अाचार्यहरुकाे सूचीः

  • १ सेल्व नम्बी
  • २ कुरुगै कावलप्पन्
  • ३ तिरुक्कणमंगै अाण्डान
  • ४ तिरुवरंगप्पेरुमाल अरयर
  • ५ तिरुक्काेष्टियुर नम्बी अर्थात श्रीगाेष्ठीपूर्ण स्वामी
  • ६ पेरीय तिरुमलै नम्बी अर्थात श्रीशैलपूर्ण स्वामी
  • ७ तिरुमलै अाण्डान्
  • ८ तिरुक्काची नम्बी अर्थात श्रीकाञ्चीपूर्ण स्वामी
  • ९ मारनेरी नम्बी
  • १० कूरत्ताल्वान् अर्थात श्रीकूरेश स्वामी
  • ११ मुदलिअण्डान् अर्थात श्रीदाशरथी स्वामी
  • १२ अरुलाल पेरुमाल एम्पेरुमानार
  • १३ काेयिल काेमान्दूर इलयविल्लि अाचान्
  • १४ किदाम्बि अाचान्
  • १५ वडुग नम्बी
  • १६ वंगि पुरतु नम्बी
  • १७ साेमासि अाण्डान्
  • १८ पिल्लै उरंगाविल्ली दासर्
  • १९ तिरुक्कुरुंगैप्पिरान् पिल्लान
  • २० कूर नारायण जीयर
  • २१ एेंगलाल्वान्
  • २२ अनन्ताल्वान्
  • २३ तिरुवरंगतु अमुदनार
  • २४ नडादुर अम्माल्
  • २५ वेद व्यास भट्टर
  • २६ श्रुत प्रकाशिका भट्टर (सुदर्शन सूरी)
  • २७ पेरीयवाचान् पिल्लै
  • २८ ईयुणि माधव पेरुमाल
  • २९ ईयुणि पद्मनाभ पेरुमाल
  • ३० नालूर पिल्लै
  • ३१ नालूराचान् पिल्लै
  • ३२ नडुविल तिरुवीधि पिल्लै भट्टर
  • ३३ पिनबञगिय पेरुमाल जीयर
  • ३४ अलगिय मणवाल पेरुमाल नायनार
  • ३५ नायनाराचान् पिल्लै
  • ३६ वादि केसरी अलगिय मणवाल जीयर
  • ३७ कूर कुलाेतम दासर्
  • ३८ विलान्चाेलै पिल्लै
  • ३९ वेदान्ताचार्यर्
  • ४० तिरुनारायणपुरतु अइ जननी अाचार्यर्

श्रीवरवरमुनी स्वामीजी महाराजकाे समयमा र उहाँ पछि पनि धेरै महत्वपूर्ण अाचार्यहरु हुनुभयाे । जस्तै

  • १ श्रीपाेन्नडिक्काल जीयर अर्थात श्रीवानमामलै ताेदाद्री जीयर स्वामीजी महाराज
  • २ काेयिल कन्दानै अण्णन स्वामी
  • ३ प्रतिवादि भयंकर अण्णन स्वामी
  • ४ पतंगि परवस्तु पट्टरपिरान् जीयर स्वामी
  • ५ एरुम्बि अप्पा
  • ६ अप्पिल्लै
  • ७ अप्पिल्ला
  • ८ काेयिल कन्दानै अप्पन्
  • ९ श्रीपेरुम्बुदुर अादि यतिराज जीयर स्वामी
  • १० अप्पाचियारण्णा
  • ११ पिल्लै लाेकम् जीयर
  • १२ तिरुमञिसै अण्णावप्पंगार
  • १३ अप्पन तिरुवेंकट रामानुज एम्बार जीयर
  • र अन्य धेरै धेरै अाचार्यहरु

अब अरु लेखहरुमा हामी माथि उल्लेखित सबै अाचार्यहरुकाे बारेमा क्रमैसंग चर्चा गर्नेछाैं ।

आल्वार तिरुवडिगले शरणम् ।
एम्पेरुमानार तिरुवडिगले शरणम् ।
जीयर तिरुवडिगले शरणम् ।
श्री वानमामलै रामानुज जीयर तिरुवडिगले शरणम् ।।

अडियन् राघव रामानुज दासन् ।
अडियन प्रमाेद रामानुज दासन् ।

श्रोत – https://guruparamparai.wordpress.com/2012/08/17/introduction-contd/

archived in https://guruparamparainepali.wordpress.com/

प्रमेय (लक्ष्य) – http://koyil.org
प्रमाण (शास्त्र) – http://granthams.koyil.org
प्रमाता (आचार्य) –  http://acharyas.koyil.org
श्रीवैष्णव बालबालिकाहरुको लागि – http://pillai.koyil.org

श्रीवैष्णव गुरुपरम्परा – परिचय

श्रीः श्रीमते शठकोपाय नमः  श्रीमते रामानुजाय नमः  श्रीमद् वरवरमुनये नमः  श्री वानाचल महामुनये नमः

लक्ष्मीनाथसामरम्भां नाथ यामुन मध्यमाम्  ।
अस्मदाचार्य पर्यन्तां वन्दे गुरुपरम्पराम् ।।

भगवान श्रीमन्नारायणबाट शुरु भई श्रीनाथमुनी स्वामीजी र श्री यामुनाचार्य स्वामीजीहरु मध्य भागमा हुनुभएकाे र मेराे अाचार्यमा अाएर अन्त हुने गुरुपरम्परालाई याे दास नमन गर्दछ । माथि उल्लिखित श्लाेक श्रीकूरेश स्वामीजी महाराजकाे रचना हाे । उहाँले अस्मदाचार्य भनेर श्रीरामानुज स्वामीजी महाराजलाई सम्बाेधन गर्नुभएकाे हाे किनकी उहाँकाे अाचार्य श्रीरामानुज स्वामीजी हुनुहुन्थ्याे । तर सामान्यतया अस्मदाचार्य भन्नाले उपराेक्त श्लाेक पाठ गर्ने महानुभावकाे अाचार्यलाई जनाउँदछ ।

श्रीवरवरमुनी स्वामीजी महाराजले उपदेश रत्नमालामा निर्देश गर्नुभए अनुसार हाम्राे सम्प्रदायलाई श्रीरंगनाथ भगवानले श्रीरामानुज दर्शन अर्थात एम्पेरुमानार दर्शन भनि नामाकरण गर्नुभयाे । अाफ्नाे समयमा श्रीरामानुज स्वामीजी महाराजले सनातन धर्म पुनः स्थापना गर्नुभयाे । उहाँले अाफ्ना पूर्वाचार्यहरु श्रीनाथमुनी स्वामीजी र श्रीयामुनाचार्य स्वामीजी महाराजबाट प्रचारित ज्ञानलाई साधारण तरिकाबाट जनमानस सम्म पुर्याउनु भयाे ।

गुरु र अाचार्य पर्यायवाची शब्द हुन् । अज्ञानतालाई हटाइदिने महापुरुषलाई गुरु भनिन्छ । अाचार्य भन्नाले शास्त्रकाे ज्ञान लिई साे ज्ञानकाे अनुसरण गर्ने र अरुलाई पनि अनुसरण गर्न प्रेरित गर्ने महापुरुषलाई जनाउँदछ । यस्ता अाचार्यहरुकाे निरन्तर परम्परालाई गुरुपरम्परा भनिन्छ । लक्ष्मीनाथ समारम्भाम् श्लाेकमा बताइए अनुसार श्रीवैष्णव गुरुपरम्परा साक्षात भगवान श्रीमन्नारायणबाट शुरु हुन्छ । संसारी जीवात्माहरुलाई उद्दार गरि  उनीहरुलाई परमपद वैकुण्ठकाे अानन्द प्रदान गर्नकाे लागि भगवानले असिमित अकारण करुणा देखाउँदै जीवात्माहरुकाे अज्ञानतालाई हटाउनुहुन्छ । त्यसैले भगवान गुरुपरम्परामा पहिलाे अाचार्य हुनुभयाे र शास्त्रकाे माध्यमबाट ज्ञान प्रदान गर्नुभयाे ।

“तत्व ज्ञानान् माेक्ष लाभः” यस्ताे शास्त्रकाे अादेश छ । वास्तविक तत्व ज्ञान प्राप्तिले माेक्ष प्रदान गर्दछ । अाज हामीसंग जे जति ज्ञान छ सबै हाम्राे गुरुपरम्परामा अाउनुहुने अाचार्यहरुकाे देन हाे । त्यसैले हाम्रा अाचार्यहरुकाे बारेमा उहाँहरुकाे जीवनी तथा उहाँहरुकाे निर्देशनकाे बारेमा जान्नु हाम्राे कर्तव्य हाे ।

पिनवञगीय पेरुमाल जीयर स्वामीजीले रचना गर्नुभएकाे ६००० पडि गुरुपरम्परा प्रभावम् , पिल्लै लाेकम् जीयर स्वामीजीले रचना गर्नुभएकाे यतिन्द्र प्रवणम् प्रभावम् र पूर्वाचार्यहरुका अन्य ग्रन्थमा उल्लेख भएकाे श्रीवैष्णव गुरुपरम्परा जान्ने र सिक्ने यस दासकाे याे सानाे प्रयास हाे । यस दासलाई यस कार्यमा प्रेरित गर्ने दक्षिण भारतका उ वे श्रीताेताद्री सारथी स्वामी प्रति दासकाे काेटी काेटी साष्टांग ।

श्रीवानमामलै रामानुज जीयर तिरुवडीगले शरणम् ।

अडियन् राघव रामानुज दासन् ।

श्रोत – https://guruparamparai.wordpress.com/2012/08/16/introduction/

archived in https://guruparamparainepali.wordpress.com/

प्रमेय (लक्ष्य) – http://koyil.org
प्रमाण (शास्त्र) – http://granthams.koyil.org
प्रमाता (आचार्य) –  http://acharyas.koyil.org
श्रीवैष्णव बालबालिकाहरुको लागि – http://pillai.koyil.org